राजनीति


इजरायलबाट नेपाल फर्किन ८८५ जनाले भरे विवरण

इजरायलबाट नेपाल फर्किन ८८५ जनाले भरे विवरण

नेपालखबर
असार ९, २०८२ सोमबार १४:२४, काठमाडौँ

इजरायलबाट नेपाल फर्किन हालसम्म ८८५ जनाले विवरण दर्ता गराएका छन्।

परराष्ट्रमन्त्री आरजु राणा देउवाले सोमबार प्रतितिधिसभामा आफ्नो मन्त्रालयबारे उठेका प्रश्नको जवाफ दिने क्रममा त्यसबारे जानकारी गराएकी हुन्।

जुन १७ देखि नेपाल फर्किन चाहने नेपालीको विवरण लिन सरकारले सुरु गरेको थियो। इजरायलमा करिब ५ हजार नेपाली रहेको परराष्ट्र मन्त्रालयको भनाइ छ। 

इजरायल–इरानबीच युद्ध चर्किएसँगै त्यहाँ रहेका नेपालीहरुको सुरक्षामा सबैको चासो बढेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad