इरानमा रहेका १६ जना नेपालीहरूलाई स्वदेश फर्काउन प्रक्रिया सुरु भएको छ। परराष्ट्रमन्त्री आरजु राणा देउवाले आफ्नो मन्त्रालयबारे उठेका प्रश्नको सोमबार जवाफ दिने क्रममा नेपाली फर्काउन भारतको सहयोग मागेको समेत बताइन्।
‘इरानमा रहेका १६ जना नेपालीहरूलाई उद्धार गरिदिन भारत सरकारलाई अनुरोध गरिएकोमा इरानस्थित भारतीय राजदूतावासको सहयोगमा ११ जनालाई नेपाल फर्काउने प्रकृया सुरू भएको छ,’ मन्त्री राणाले भनिन्, ‘ बाँकी ५ जना अध्यागमन कानुनका कारण थुनामा रहेकाले कागजी प्रकृया पूरा गरी स्वदेश फर्काउन मन्त्रालयले नेपाली राजदूतावास, दोहा मार्फत पहल गरिरहेको छ।’
११ जना नेपाली मसाद भन्ने ठाउँमा पुगेको र भोलिसम्म भारत आइपुग्ने समेत मन्त्री राणाले जानकारी दिइन्।
255
Shares

प्रतिक्रिया