राजनीति


सांसद शर्माको प्रश्न– ७२ जिल्लाका मान्छेहरू नागरिक होइनन्? अलिकति पनि दया लाग्दैन?

सांसद शर्माको प्रश्न– ७२ जिल्लाका मान्छेहरू नागरिक होइनन्? अलिकति पनि दया लाग्दैन?

नेपालखबर
असार ८, २०८२ आइतबार १६:२०, काठमाडौँ

नेपाली कांग्रेसका सांसद डा. सुनिल शर्माले सरकारले ५ वटा जिल्ला बाहेक अरु जिल्लाका नागरिक नेपाली होइनन् भन्दै प्रश्न गरेका छन्। 
आइतबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले प्रधानमन्त्री र मन्त्रीहरूलाई अलिकति पनि दया नलाग्ने गरेको जिकिर गरे।

‘५ वटा जिल्लाका मात्र नेपाली नागरिक हुन त? हाम्रो कर्णाली, मुगु, मुस्ताङ, मधेसको, तराइको, पहाडको ५ जिल्ला बाहेक ७२ जिल्लाका मान्छेहरू नेपाली नागरिक होइनन्?,’ शर्माले भने, ‘तपाईँहरूलाई अलिकति दया लाग्दैन? त्यहाँका नागरिकले पानी खान पाइदिए हुन्थ्यो, किसानहरूको लागि भत्किएको कुलो अलिकति बनाइदिन पाए हुन्थ्यो, सिँचाइको लागि एउटा बोरिङ गाडिदिन पाए हुन्थ्यो भन्ने लाग्दैन?’

उनले देशको मन्त्री हो कि एउटा झुन्डको मात्रै भन्दै प्रश्न समेत गरे। ‘तपाईँहरूको देशको मन्त्री, नेता हो कि देशको एउटा सानो झुन्ड भित्रको? तपाईँहरू एक्लै चुनाव जितेर आएको हो? त्यसो भए गठबन्धनको आवश्यकता किन? अब यही ४–५ वटा जिल्लाका मान्छेहरूले मात्रै रुख र सूर्यमा भोट  हाले भयो त? तपाईँहरू अर्को पटक सदन चलाउन सक्नुहुन्छ?,’ शर्माले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad