नेकपा (माओवादी केन्द्र) का सांसद महेन्द्रबहादुर शाहीले सही बजेट विनियोजन हुन निर्वाचन प्रणाली बदल्नुपर्ने बताएका छन्।
आइतबारको प्रतिनिधिसभा बैठकमा विनियोजित बजेटमाथिको छलफलका क्रममा उनले निर्वाचन प्रणाली नबदलीकन बजेट नबदलिने जिकिर गरे।
‘यो निर्वाचन प्रणाली नै बदलौँ, निर्वाचन प्रणाली नबदलीकन बजेट बदलिँदैन,’ शाहीले भने, ‘यो परम्परागत भइरहन्छ। किनभने यो बजेट बनाउने दबाब त्यही हो। सरकारलाई आउने दबाब भनेकै निर्वाचन प्रणालीकै दबाब हो। चुनावमा जाँदा सांसदहरुले विद्यालय बनाउँछु, सडक बनाउँछु, शिक्षा, स्वास्थ्य लगायतका पूर्वाधार विकास, गरिबीको अन्त्य गर्ने, रोजगारी सिर्जना गर्ने विकास निर्माणका तमाम विषयहरु पूरा गर्छौं भनेर जनताबाट निर्वाचित भएर आएका सांसद हुन्। बजेटप्रति प्रतिपक्ष भन्दा पनि बढी असन्तुष्टि सत्ता पक्षका सांसदहरु छन्।’
Shares

प्रतिक्रिया