राष्ट्रिय स्वतन्त्र पार्टीको अभियान तथा प्रचारप्रसार विभाग प्रमुखमा मनीष झा नियुक्त भएका छन्। शनिबार बसेको केन्द्रीय समिति बैठकले उनलाई विभाग प्रमुखको जिम्मेवारी दिएको हो। उनी रास्वपा प्रवक्ता समेत हुन्।
त्यस्तै प्रशिक्षण विभाग प्रमुखको जिम्मेवारी सहमहामन्त्री विपिनकुमार आचार्यलाई दिइएको छ। अनुसन्धान तथा अभिलेखीकरण विभागको कार्यवाहक प्रमुखको जिम्मेवारी रविकिरण अधिकारीलाई दिइएको छ। 
465
Shares

प्रतिक्रिया