राजनीति


देउवाको स्पष्ट मत :  अरु देशको नागरिक भइसकेकालाई नेपालको नागरिकता दिन सक्दैनौँ

देउवाको स्पष्ट मत :  अरु देशको नागरिक भइसकेकालाई नेपालको नागरिकता दिन सक्दैनौँ

नेपालखबर
असार ७, २०८२ शनिबार १८:२२, काठमाडौँ

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले विदेशको नागरिकता लिइसकेकाहरुलाई नेपाली नागरिकता दिन नसकिने बताएका छन्।

शनिबार ललितपुरमा आयोजित सुगौली सन्धि र नेपालमा नागरिकता पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै उनले ब्रिटिस गोरखा सैनिकहरुले नेपालको नागरिकता निरन्तरताको माग उठाउनु स्वभाविक भएपनि अर्को देशको नागरिकता लिइसकेपछि नेपालको नागरिकता दिन नसकिने स्पष्ट पारे।

देउवाले अरु कामहरुका लागि एनआरएनलाई दिए सरहको नागरिकता दिन सकिने बताए। नेपाल जस्तो देशमा त्यसरी नागरिकता दिँदा कठिनाइ आइपर्ने भन्दै नागरिकता दिन नसकिने उनको मत छ। 

देउवाको भनाइ छः

जहाँसम्म गोरखा ब्रिटिस सैनिकलाई बेलायती सैनिक सरह नै सेवा सुविधा दिनुपर्छ भन्ने नेपालको माग छ, त्यसमा म स्पष्ट छु। ब्रिटिस गोरखा सैनिकहरुले नेपालको नागरिकताको निरन्तरता पाउनुपर्ने माग राख्नुभएको छ, यस विषयमा राजनीतिक दलहरुले छलफल गरिरहेका छन्। 

छिटै निस्कर्ष निस्किनेछ। यसमा के छ भने एनआरएन भन्ने पनि छ। नेपाल छोड्नुपर्ने विभिन्न बाध्यता छन्, त्यसैले ब्रिटिस गोरखा सरह नै नागरिकता पाउनुपर्छ भन्ने छ। 

ब्रिटिस गोरखाले पनि बेलायती सैनिक सरह नै सेवा पाउनुपर्छ भन्ने हाम्रो माग हो तर उनीहरुले मानेका छैनन्। निरन्तर नागरिकताको माग उठाउनु स्वभाविक कुरा हो। त्यो दिने नदिने कुरा हाम्रो हातमा हुँदैन। उता नागरिकता लिइसकेकालाई हामी नेपालको नागरिकता दिन सक्दैनौँ । अरु कामहरुका लागि एनआरएन नागरिकता दिन सकिन्छ।

हाम्रो जस्तो सानो देशमा धेरै गाह्रो पर्छ। नागरिकताको सम्बन्धमा छलफलको विषय छ। अरु देशको नागरिक भइसकेकालाई नेपालको नागरिकता दिन गाह्रो छ। अरु सुविधाहरु दिन सकिन्छ। नेपाल फर्किन चाहनेलाई स्वागत भइहाल्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad