राजनीति


इजरायल-इरानको युद्ध कारण नेपाल फर्किन चाहनेको उद्धारबारे छलफल

इजरायल-इरानको युद्ध कारण नेपाल फर्किन चाहनेको उद्धारबारे छलफल

नेपालखबर
असार ६, २०८२ शुक्रबार १६:६, काठमाडौँ

इजरायल-इरानको जारी युद्धका कारण समस्यामा परेका नेपालीलाई उद्धार गर्नेबारे परराष्ट्र मन्त्रालयले छलफल गरेको छ। परराष्ट्रमन्त्री आरजु राणा देउवाले यी देशमा रहेका नेपालीलाई फर्किन चाहे कसरी फर्काउने भन्नेबारे आज गृहमन्त्रालय, श्रम तथा रोजगार मन्त्रालय र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयस्तरको छलफल भएको जानकारी दिइन्।  

'ती देशमा रहेका र स्वदेश फर्कन चाहने नेपालीहरुलाई परराष्ट्र मन्त्रालयले स्थापना गरेको पोर्टलमा दर्ता गर्न अपिल गरिएको, नेपालले त्यहाँको अवस्थालाई युद्ध सुरू भएदेखि नै गम्भीर रुपमा हेरिरहेको र यदि कोही नेपालीले स्वदेश फर्कन चाहेमा उनीहरुलाई के कसरी उद्धार गरी ल्याउने भन्ने विषयमा पनि छलफल भयो' उनले भनिन्। 
 
त्यस्तै उनले अन्य तीन मन्त्रालयका अधिकारीहरूलाई समेटेर परराष्ट्र मन्त्रालयमा एक युनिट खडा गरी चौबिसै घन्टा काम गर्ने निर्णय आजको बैठकले गरेको जानकारी दिइन्। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad