राजनीति


एमालेको जवाफ- दुई बुँदे सहमति माओवादीसँग भइसक्यो, रास्वपासँग हुँदैन

एमालेको जवाफ- दुई बुँदे सहमति माओवादीसँग भइसक्यो, रास्वपासँग हुँदैन

नेपालखबर
असार ६, २०८२ शुक्रबार १३:२४, काठमाडौँ

सत्ताको नेतृतवकर्ता एमालेले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकमाथि छानबिनको माग गर्दै प्रतिनिधिसभाको बैठक अवरुद्ध गर्दै आइरहेको राष्ट्रिय स्वतन्त्र पार्टीसँग कुनै सहमति र सम्झौता नहुने बताएको छ। 

एमालेका मुख्य सचेतक महेश बर्तौलाले प्रमुख प्रतिपक्षी दलसँग भएको सहमतिअनुसार सदन सञ्चालन भइरहेको र अन्य दलसँग सम्झौता नहुने बताएका हुन्। उनले दलैपिच्छे सम्झौता हुन नसक्ने पनि बताए। 

‘सरकारले सहमति गरेपछि पनि रास्वपा स्टन्ट गर्न लागिरहेको छ। आज प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रममा नियमावलीअनुसार नै निर्धारण भएको हो,' उनले भने, 'अर्को दिन गरौँ भनेर मिल्दैन। सभामुखले नाराबाजीबीच प्रधानमन्त्रीलाई अगाडि उभ्याउन मिल्दैन भन्ने लागेर कार्यसूचीबाट हटाउनुभयो।’

रास्वपाले स्टन्ट गरेर नीलो रिबन र कालो लुगा लगाएर आएको उनको आरोप छ। रास्वपाका सांसदले जेठ १३ गतेदेखि सदन अवरोध गर्दै आइरहेका छन्।  

केही अघिसम्म नेकपा माओवादी केन्द्र पनि रास्वपासँगै गृहमन्त्रीमाथि छानबिनको माग राख्दै आएको थियो। तर एकाएक सत्तापक्षसँग माओवादी दुई बुँदे सहमति गरेर सदन सञ्चालनमा सहयोग गर्‍यो। अहिले सदनमा रास्वपा र राप्रपाले गृहमन्त्रीसँग छानबिनको माग गर्दै सदन अवरुद्ध गर्दै आइरहेका छन्।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad