राजनीति


भिजिट भिसा प्रकरणसँग जनयुद्धकालीन मुद्दा साटफेर गरेका छैनौँः वर्षमान पुन

भिजिट भिसा प्रकरणसँग जनयुद्धकालीन मुद्दा साटफेर गरेका छैनौँः वर्षमान पुन

नेपालखबर
असार ५, २०८२ बिहिबार २०:७, काठमाडौँ

नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले भिजिट भिसा प्रकरणलाई जनयुद्धकालीन मुद्दासँग साटफेर गरेको भन्ने कुरामा कुनै सत्यता नरहेको स्पष्ट पारेका छन्।

बिहीबार संसद भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै उपमहासचिव पुनले भिजिट भिसा प्रकरणको विषयमा सरकारसँग भएको सहमति सत्ता साझेदारी र जनयुद्धकालीन मुद्दाका विषयलाई जोडेर भइरहेको टिप्पणी असान्दर्भिक रहेको बताएका हुन्।

उनले भिजिट भिसा प्रकरणमा सरकारसँग कुनैपनि विषय साटफेर नगरेको जिकिर गरे। उनले संक्रमणकालीन न्याय (टीआरसी) सम्बन्धी कामहरू सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगले सुरु गरिसकेको समेत उल्लेख गरे।

उपमहासचिव पुनले भिजिट भिसा प्रकरणको छानबिनको लागि सरकारलाई समिति गठन गर्न समेत आग्रह गरे।

उनले भने, ‘भिजिट भिसा प्रकरणमा माओवादी केन्द्रले सरकारसँग गरेको सहमतिमा सत्ता लेनदेनको कुनै सन्दर्भ छैन। अरु कुनै विषयसँग साँठफेर गरेको कुरा पनि सत्य होइन। सत्य निरुपण तथा मेलमिलाप आयोग, बेपत्ता नागरिकको छानविन आयोगले काम सुरु गरेको छ। संक्रमणकालीन न्यायसम्बन्धीका कामहरु आयोगले गर्छ। त्यसकारण जनयुद्धकालीन मुद्दाहरुसँग साटफेर गरियो कि भन्ने कुरा निकै असान्दर्भिक हो।’

उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लगायतका दलहरूलाई संयमित रहन पनि आग्रह गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad