ad ad

राजनीति


स्वास्थ्य सामग्री प्रदेशमा पठाउने विषयमा चार मन्त्रीबीच छलफल

स्वास्थ्य सामग्री प्रदेशमा पठाउने विषयमा चार मन्त्रीबीच छलफल

नेपालखबर
चैत २६, २०७६ बुधबार १२:२५,

स्वास्थ्य मन्त्रालयले कोरोना भाइरस (कोभिड–१९) को परीक्षण प्रदेशहरुमा गर्न आवश्यक स्वास्थ्य सामाग्री पठाउने विषयमा तीन मन्त्रीसँग बुधबार छलफल गरेको छ।

स्वास्थ्य मन्त्रालयले बुधबार खानेपानी मन्त्री बिना मगर, भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्त नेम्वाङ र भूमि ब्यवस्था मन्त्री पद्मा अर्यालसँग छलफल गरेको हो।

केही दिनअघि मन्त्री परिषद्को बैठकले प्रदेश सरकारसँग समन्वय गर्न खानेपानी मन्त्री मगरलाई सूदूरपश्चिम प्रदेश सरकार, भौतिक मन्त्री नेम्वाङलाई प्रदेश १ सरकार र भूमि मन्त्री अर्याललाई गण्डकी प्रदेश सरकारसंग समन्वय गर्न जिम्मेवारी दिएको थियो। सोही अनुसार तीनै जना मन्त्रीहरूले बुधबार स्वास्थ्य मन्त्रीसँग छलफल गरेका हुन्।

तीनै जना मन्त्रीहरूले स्वास्थ्य मन्त्री भानुभक्त ढकालसग भेटगरी आवश्यक स्वास्थ्य सामग्रीहरु पठाउने तयारीका विषयमा छलफल गरेका थिए। कोरोना भाइरसको संक्रमणको जोखिम सुदूरपश्चिम प्रदेशमा रहेको भन्दै मन्त्री ढकालले सुदूरपश्चिमलाई बढी प्राथमिकता दिएर स्वास्थ्य सामग्रीहरु छिट्टै पठाइने बताए।

यसैबीच सुदूरपश्चिम प्रदेशमा एकै दिन सयौं व्यक्तिहरुको स्वाब जाँच गर्न सकिने मेसिन जडान गरिने भएको छ। धनगढीमा रहेको भेटनरीको प्रयोगशालामा कोरोना संक्रमितको स्वाब जाँच गर्न सकिनेगरी मेसिन जडान गर्न लागिएको छ।

स्वास्थ्य मन्त्रालयको पहलमा नेपाली सेनाको हेलिकप्टरबाट आरटी पीसीआर स्वाब परीक्षण गर्ने मेसिन लगिएको हो। त्यसैगरी केन्द्र सरकारबाट सुदूर पश्चिम सरकारलाई सहायता स्वरुप ¥यापिड टेस्ट कीटसमेत पठाइएको छ। सुदूरपश्चिम सरकारको आग्रह बमोजिम केन्द्र सरकारले यस्तो कीट पठाएको हो।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .