ad ad

समाज


आफन्तले एक मिटर टाढाबाट मात्रै हेर्न पाउने छन् कोरोना संक्रमितको शव (१९ बुँदे कार्यविधि)

आफन्तले एक मिटर टाढाबाट मात्रै हेर्न पाउने छन् कोरोना संक्रमितको शव (१९ बुँदे कार्यविधि)

नेपालखबर
चैत २६, २०७६ बुधबार १२:३५,

स्वास्थ्य मन्त्रालयले कोरोना भाइरसबाट मृत्यु भएकाको शवको व्यवस्थापनसम्बन्धी १९ बुँदे कार्यविधि सार्वजनिक गरेको छ।

मन्त्रालयले भविष्यमा देशभित्र कुनै संक्रमितको मृत्यु हुन गएमा त्यस्तो अवस्थामा कसरी शव व्यवस्थापन तथा अन्तिम संस्कार गर्ने भन्नेबारे कार्यविधि ल्याएको हो। जसमा ६० वर्ष भन्दा बढी उमेर भएका र दीर्घरोगीहरुलाई शव नजिक जानबाट रोक्ने उल्लेख छ।

त्यसैगरी सद्गतिमा सहभागी हुने मृतक परिवारका सदस्यले पनि पीपीई लगाएको हुनुपर्ने व्यवस्था गरिएको छ। मृतकको शव हेर्न चाहाने परिवारका सदस्यहरुले एक मिटर परैबाट हेर्ने सकिने कार्यविधिमा उल्लेख छ।

साधारण शव बहानबाटै लैजान सकिने व्यवस्था कार्यविधिले तयार पारेको छ।

कार्यविधिको १९ बुँदा निम्नानुसार छन्ः

(क) शव लिन जानु पूर्व शववाहनका चालक तथा कर्मचारीहरुले PPE को प्रयोग गर्नु पर्दछ।

(ख) मृतकको कुलधर्म अनुसार शवको सम्मान गर्दै निजका उपस्थित आफन्तहरु समेतलाई सुरक्षित राख्नु पर्दछ।

(ग) CovID-19 को कारण मृत्यु भएको शव जथाभावी सदगत गर्न हुँदैन।

 (घ) शवलाई अस्पताल/घरबाट अन्तिम संस्कार गर्न लैजाने क्रममा अस्पतालका कर्मचारी, एम्बुलेन्सका कर्मचारी, सदगत गर्ने व्यक्तिहरु र सदगतमा सहभागी हुने मृतकका आफन्तजनले पञ्जा, चस्मा, टोपी, मास्क सहितको PPE प्रयोग गर्नुपर्दछ।

(ङ) शवलाई कम भन्दा कम चलाउनु पर्दछ।

(च) शवमा लागेका पाइपलगायतका सामाग्रीहरु हटाइ दिनुपर्दछ।

(छ) शवको कुनै भागबाट श्राव भइरहेको भए त्यस भागलाई होसियारीपूर्वक बन्द गर्नुपर्दछ।

(ज) शव अन्तिम संस्कार गर्ने स्थलतर्फ लैजान साधारण शववाहनको प्रयोग गर्न सकिनेछ।

(झ) शवलाई Disinfect गर्नु आवश्यक छैन।

(ज) शवलाई चाँडोभन्दा चाँडो अन्तिम संस्कार गर्ने स्थलमा पुर्‍याउनुपर्दछ।

(ट) शवको कुनै भागबाट श्राव भएमा बाहेक शव राख्न विशेष ब्यागको आवश्यकता पर्ने छैन।

(ठ) ६० वर्ष माथिका व्यक्तिहरु र दीर्घ रोगीहरुलाई शवको नजिक जानबाट रोक्नुपर्दछ।

(ड) सदगत गर्नु पूर्व आफ्नो कुल/परम्परा अनुसार शवलाई नछोइकन जल छर्कने, पाठ गर्ने तथा फुलमाला चढाउने जस्ता क्रियाकलापहरु गर्न सकिनेछ।

(ढ) मृतकका आफन्तले शव हेर्न चाहेमा शवलाई नछोइकन कम्तीमा एक मिटर टाढाबाट एक/एक जनालाई पालैपालो गरी हेर्न दिन सकिनेछ।

(ण) COVID-19 ले मृत्यु भएको व्यक्तिको सामान्यता पोस्टमार्टम गर्नु पर्दैन।

यदि गर्नु परेमा मतकको फोक्सो तथा अन्य अंगहरुमा जीवाणु जिउँदै हुन सक्ने हुनाले थप होसियारी अपनाउनु पर्दछ।

(त) यथेष्ट भेन्टिलेसनको व्यवस्था भएको कोठामा मात्र न्यून स्वास्थ्यकर्मीको उपस्थितिमा आवश्यक PPE प्रयोग गरेर पोष्टमार्टम गर्नु पर्दछ।

(थ) COVID-19 का कारण मृत्य भएका व्यक्तिको शव रहेको शव गृहमा उपयुक्त प्रकाश भेन्टिलेसन र सरसफाइको व्यवस्था गर्नु पर्दछ।

(द) पोस्टमार्टम सकिनेवित्तिकै प्रयोग गरेको सामाग्रीहरु Disinfect गर्नुपर्दछ।

(ध) Clinical Waste हरुको सावधानीपूर्वक Dispose गर्नुपर्दछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .