राजनीति


राज्य बेपत्ता नागरिकप्रति संवेदनहीन बन्योः विप्लव

राज्य बेपत्ता नागरिकप्रति संवेदनहीन बन्योः विप्लव

नेपालखबर
असार ३, २०८२ मंगलबार १६:२१, काठमाडौँ

नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले बेपत्ता नागरिकसम्बन्धी मुद्दामा राज्य संवेदनहीन बनेको आरोप लगाएका छन्।

मंगलबार काठमाडौँमा आयोजित ‘बेपत्ता पारिएका नागरिकको सार्वजनीतिकरणको प्रश्न’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै महासचिव चन्दले शान्ति प्रक्रियाको १९ वर्षपछि पनि राज्यले जिम्मेवारी नलिएर बेपत्ता परिवारप्रति उपेक्षा आरोप लगाए। 

चन्दले बेपत्ता नागरिकका छानबिन आयोगहरू बारम्बार गठन र विघटन हुनु राजनीतिक षड्यन्त्र र जालसाजीको संकेत भएको टिप्पणी गरे। उनले आयोग बनाउने र भत्काउने क्रम किन राकिँदैन, कस्तो व्यक्ति चाहिएको हो आयोगमा? भन्दै प्रश्न समेत गरे।

राजनीतिक नेतृत्वमा रहेको कुनियत र स्वार्थका कारण बेपत्ता नागरिकका मुद्दा समाधान गर्न नसकिएको महासचिव चन्दको भनाइ छ। 

चन्दले भने, ‘यस विषयमा राज्य किन यति धेरै लापरबाही बनेको? किन जवाफदेहीविहीन बनेको? अर्को तरिकाबाट भन्ने हो भने बलिदान र त्याग गर्नेहरूमाथि यतिधेरै पूर्वाग्रही र हेलचेक्र्याई किन गरेको? भन्ने प्रश्न आज खडा भएको छ। यो १९ वर्षले राज्य संवेदनहीन बनेको नै भन्छ। अहिले जसरी आयोगहरु बन्ने र भत्किने काम भएको छ त्यो राज्यको एकदमै षड्यन्त्रपूर्ण र जालसाझीपूर्ण कार्यको रुपमा देखिन्छ। बनाउने भत्काउने, बनाउने भत्काउने किन गरिराखेको? कस्तो मान्छे चाहिएको हो आयोगमा?’ 

नेपालमा गुलामीको संस्कृति भित्रिरहेको उल्लेख गर्दै उनले राजनीतिक आन्दोलनको माध्यमबाट स्वाधिनतामा झार्नुपर्ने आवश्यकता रहेको समेत बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad