साहित्य


‘प्राग् इतिहास: आदिम सभ्यता’ पुस्तक विमोचन

‘प्राग् इतिहास: आदिम सभ्यता’ पुस्तक विमोचन

नेपालखबर
असार ३, २०८२ मंगलबार १६:२३, काठमाडौँ

भूगर्भशास्त्री तथा पुरातत्वविद् विक्रम श्रेष्ठको नयाँ कृति प्राग् इतिहास: आदिम सभ्यता सार्वजनिक भएको छ।

नेपाल प्रज्ञा प्रतिष्ठानमा सोमबार त्रिभुवन विश्वविद्यालयका पूर्व रजिस्ट्रार प्राडा पेशल दाहालले पुस्तक विमोचन गरेका हुन्।

यो पुस्तक विश्वमा सभ्यताको विकास हुनुभन्दाअघिका मानिसहरुको जीवनशैली र उनीहरुले विकास गरेको संस्कृतिमा केन्द्रित रहेको लेखक श्रेष्ठको भनाइ छ।

संस्कृति तथा पुरातत्व अध्ययन केन्द्रले प्रकाशन गरेको यो श्रेष्ठको दोस्रो पुस्तक हो। यसभन्दाअघि २०७९ सालमा अध्ययन केन्द्रले नै श्रेष्ठको हिमालयको उत्पत्ति नामक पुस्तक प्रकाशन गरेको थियो।

हाल अमेरिकाको फ्लोरिडा विश्वविद्यालयमा विद्यावारिधि गर्दै गरेका श्रेष्ठले त्रिभुवन विश्वविद्यालयको भूगर्भ शास्त्र केन्द्रीय विभाग र नेपाली इतिहास संस्कृति तथा पुरातत्व केन्द्रीय विभागबाट स्नातकोत्तर सम्पन्न गरिसकेका छन्। उनले यस पुस्तकमा पृथ्वीमा जीवहरुको उत्पत्ति र विकासक्रमसँगै विभिन्न समयमा मानिसहरुले विकास गरेका प्रविधिहरुको बारेमा सरल नेपाली भाषामा सामग्री प्रस्तुत गरेका छन्।

पुस्तक विमोचन कार्यक्रममा बोल्दै प्राडा दाहालले आफूले केही दशकअघि नै लेखेका प्राग् इतिहाससम्बन्धी पुस्तकमा धेरै सूचनाहरु अद्यावधिक गरेर पुस्तक तयार पारिएको बताए। अहिलेको समयमा नेपालमा प्राग् ऐतिहासिक अध्ययन निकै कम मात्रामा भएको भन्दै पुरातत्व र भूगर्भशास्त्र दुवै पढेका श्रेष्ठले यसमा राम्रो योगदान दिन सक्ने उनको बुझाइ थियो। दाहालले यो पुस्तक पुरातत्व र भूगर्भ शास्त्रका विद्यार्थी एवं अध्येताका लागि त झनै उपयोगी हुने बताए। 

कार्यक्रममा त्रिभुवन विश्वविद्यालयको नेपाली इतिहास संस्कृति तथा पुरातत्व केन्द्रीय विभागका पूर्वप्रमुखहरू प्राडा मदन कुमार रिमाल, प्राडा सोमप्रसाद खतिवडा, सहप्राडा सन्ध्या खनाल पराजुली, भूगर्भशास्त्र केन्द्रीय विभागका प्राडा कविलाश पौडेललगायतले पुस्तकका लेखक र पुस्तकमाथि टिप्पणी गरेका थिए।

कार्यक्रममा पुरातत्व विभागका पूर्वमहानिर्देशक भेषनारायण दाहाल, त्रिवि संस्कृति विभागका अध्यापक एवं विद्यार्थी र काठमाडौं महानगरपालिकाका २०८०/८१ का सम्पदाका लागि युवा र बालबालिका स्वयंसेवकहरुको उपस्थिति रहेको थियो।

कार्यक्रममा बोल्दै आयोजक संस्था संस्कृति तथा पुरातत्व अध्ययन केन्द्रका अध्यक्ष सुदर्शन अर्यालले केन्द्र पछिल्लो समय नेपाली इतिहास र पुरातत्वको अध्ययन अनुसन्धानमा सक्रिय रहेको भन्दै यस्ता कृतिहरुको प्रकाशनमा संस्थाले विशेष प्राथमिकता दिने बताए। अध्ययन केन्द्रले जागरुक युवाहरुलाई समेटेर नयाँ ढंगले अनुसन्धान गर्दै अघि बढेको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad