पर्साको सानो पाइला सहकारी ठगीमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित २९ जनाविरुद्ध मुद्दा दर्ता भएको छ।
पर्सामा पनि रवि लामिछानेसँगै नेपाल प्रहरीका पूर्व डीआईजी छविलाल जोशीलाई पनि प्रतिवादी बनाइएको छ। उनीहरू दुवै जना रुपन्देहीको सुप्रिम सहकारी ठगीको अभियोगमा कारागारमा छन्। बाँकी २७ जना प्रतिवादी भने फारर रहेको अदालतमा दायर अभियोग पत्रमा उल्लेख छ।
सानो पाइला सहकारीको कुल २ अर्ब ३० करोड १४ लाख २९ हजार ८ सय रुपैयाँ ११ पैसा हिनामिना गरेको अभियोग छ।
सहकारी रकमको अपचलन भएको १ अर्ब ८५ करोड ५७ लाख ९१ हजार ७२३ रुपैयाँ र सहकारीमा मौज्दात देखिनुपर्ने रकम ४४ करोड ५६ लाख ३८ हजार ७७ रुपैयाँ २९ पैसा बिगो कायम गरिएको छ।
रवि लामिछानेको हकमा सहकारीलाई तिर्नुपर्ने ५ करोड ७४ लाख ३० हजार ३ सय ३३ रुपैयाँ ३३ पैसा बिगो कायम गरिएको छ। यस्तै जोशीलाई ३ करोड २४ लाख ३३ हजार रुपैयाँ ३३ पैसा बिगो कामय भएको छ।
सानोपाइला सहकारी ठगीको आरोपमा २०६ जना पीडितले जाहेरी दिएका थिए। सानो पाइला सहकारीलाई ३० जना प्रतिवादीबाट १ अर्व ३२ करोड ४६ लाख १२ हजार ४५ पैसा बिगो भराउन माग गरिएको छ। लामिछानेले ४ करोड २४ लाख ३० हजार ३३३ रुपैयाँ गोर्खा मिडियामा लगेर अपचलन गरेको आरोप छ।
छविलाल जोशीलाई ७ करोड २० लाख ९८ हजार रुपैयाँ बिगो कायम गरिएको छ। यो सानो पाइला सहकारीलाई भराउन पर्ने बाहेक पीडितलाई भराउने बिगो रकम हो। उनीहरुलाई सहकारी ऐन, २०७४ र संगठित अपराध निवारण ऐन, २०७० अनुसार सजाय माग गरिएको छ।
Shares

प्रतिक्रिया