चट्टानी तहमा निर्माणको लागत उच्च रहने देखाउँदै हङकङका आवास अधिकारीहरूले उत्तरी सहरमा निर्माण गर्ने भनिएको ८,३०० सार्वजनिक फ्ल्याट विकास परियोजना निलम्बन गरेका छन्।
अधिकारीहरूको यो निर्णयप्रति सांसदहरूले भने प्रश्न उठाएका छन्। आवास लक्ष्यमा यस्ता अप्रत्याशित अवरोधबाट बच्न भूमि अन्वेषणमा थप स्रोत लगानी गर्न उनीहरूले सुझाएका हुन्। यसप्रकारको परिस्थितिले जनतामा निराशा छाउने भन्दै उनीहरूले सचेत गराए।
सरकारी र निजी जग्गा गरी लगभग ५.४७ हेक्टर क्षेत्रफलमा फैलिएको फानलिङ क्षेत्र १७ साइटको विकास परियोजना निलम्बनमा परेको हो। लिङसान रोड र जकी क्लब रोडको पूर्व, मासिक रोडको दक्षिण र फानलेङ रोडको पश्चिममा अवस्थित यो क्षेत्रमा हाल फान गार्डेन प्रहरी ड्राइभिङ र ट्राफिक प्रशिक्षण केन्द्र रहेको छ।
सार्वजनिक भएको कागजातले निलम्बनको सही कारण उल्लेख गरेको त छैन तर भनिएको छ, ‘दिगो सार्वजनिक वित्त कायम राख्ने सरकारको सिद्धान्तसँग मिल्दोजुल्दो बनाउन, आवास ब्युरोले आगामी १० वर्षमा सार्वजनिक आवास पहलहरूको लागत-प्रभावकारिताको समीक्षा गरेपछि फ्यानलिङ क्षेत्र १७ सार्वजनिक आवास परियोजनाको विकास योजना समायोजन गरेको छ।’
फानलिङ क्षेत्र १७ को लागि विकास योजनाको रूपरेखा डिसेम्बर २०२२ मा स्वीकृत भएको थियो। (एससीएमपी)
Shares

प्रतिक्रिया