राजनीति


पार्टी कार्यालय अपांगतामैत्री बनाउँछु: शेरबहादुर देउवा

पार्टी कार्यालय अपांगतामैत्री बनाउँछु: शेरबहादुर देउवा

नेपालखबर
जेठ ३०, २०८२ शुक्रबार १४:२८, काठमाडौँ

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी कार्यालयलाई अपाङ्गतामैत्री बनाइने बताएका छन्। शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले अपाङ्गता भएका व्यक्तिहरुलाई पार्टी कार्यालयमा माथि चढ्न समस्या भएको गुनासो आएको भन्दै पार्टीका पदाधिकारीहरुसँग कुरा गरेर माथिसम्मै ह्वीलचेयर जानसक्ने व्यवस्था गरिने बताएका हुन्। 

उनले अबको बाटो संकल्प र कार्यान्वयनको भएको भन्दै बोल्ने नभए काम ध्यान दिनुपर्ने बताए।  पार्टी संरचनामा अनिवार्य प्रतिनिधित्व सुनिश्चितता गर्ने कुरामा लाग्ने बताए। 

‘अबको बाटो संकल्प र कार्यान्वयनको हो। अब हामीले कुरामा होइन, काममा ध्यान दिनुपर्नेछ । पार्टी संरचनामा अनिवार्य प्रतिनिधित्व सुनिश्चितता गर्नेकुरामा लाग्नुपर्नेछ,' उनले भने, 'सबै तहमा डिजिटल पहुँच सुधार गर्नुपर्नेछ। पार्टीको नीति तथा घोषणापत्रहरुमा अपाङ्गताका सवालहरु स्पष्ट रुपमा उल्लेख गरिनेछ। नेपाली काँग्रेसले समावेशी लोकतन्त्रको व्यवहारिक अभ्यासमा अग्रणी भुमिका खेल्नेछ। माथि आउन धेरै गाह्रो छ भन्ने कुरा उठाउनु भयो। ह्वीलचेयरको बाटो छैन। त्यसैकारण पार्टीका सबै साथीहरुलाई कसरी सिधै माथि ह्वीलचयर आउने व्यवस्था गर्न साथीहरुसँग कुरा गरेर, कोषाध्यक्षलाई राखेर माथि आउने सिधा बाटो बनाउने काम गर्नेछु।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad