राजनीति


भिजिट भिसामा हामी धेरै नरम भएका छौँ, सरकार गरम छ : वर्षमान पुन

भिजिट भिसामा हामी धेरै नरम भएका छौँ, सरकार गरम छ : वर्षमान पुन

फाइल तस्बिर


नेपालखबर
जेठ २८, २०८२ बुधबार १८:५१, काठमाडौँ

नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले भिजिट भिसा प्रकरणमा सरकार अपेक्षित रूपमा लचक नभएको टिप्पणी गरेका छन्।

बुधबार संसद् भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले यसमा सरकार नरमको हुनुको सट्टा झन गरम हुँदै गएको उल्लेख गर्दै जिम्मेवार बन्नुपर्ने सुझाव दिए।

‘‘भिजिट भिसा प्रकरणबारे सरकार भनेजति अझै लचक भएको छैन,’ पुनले भने, ‘भोलिसम्म सरकार जिम्मेवारपूर्वक र लचकताकासाथ प्रस्तुत हुन्छ भन्ने आसा छ। हामी धेरै नरम भएका छौँ, सरकार गरम छ। सरकार अलि नरम र जिम्मेवार हुुनुपर्छ।’ 

उनले थपे, ‘यो विषय प्रतिपक्षको नभई जनताको विषय हो। आम जनताले दुःख पाइराखेको छ। यसबारे छानबिन गरेर तथ्यहरु स्थापित गर्नको लागि सरकार प्रतिवद्धता अनिवार्य हो।’

भिजिट भिसाको आवरणमा हुँदै आएको मानव तस्करी प्रकरणमा गृहमन्त्री रमेश लेखकको संलग्नताबारे छानबिन गर्न उच्चस्तरीय समिति बनाउनुपर्ने माग विपक्षीले राख्दै आएका छन्।

यही माग राखेर उनीहरुले  १३ जेठदेखि संसद् बैठक अवरोध गर्दै आएका छन्।

 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad