राजनीति


मुलुक पुरानो व्यवस्थामा फर्किँदैन: प्रचण्ड

मुलुक पुरानो व्यवस्थामा फर्किँदैन: प्रचण्ड

फाइल तस्बिर


नेपालखबर
जेठ २८, २०८२ बुधबार ११:१७, काठमाडौँ

माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुक पुरानो व्यवस्थामा नफर्कँने बताएका छन्। 

म्याग्दीकाे अन्नपूूर्ण गाउँपालिका–३ स्थित ज्ञानप्रकाश नमूना माध्यमिक विद्यालयले आज आयोजना गरेको कार्यक्रममा उनले लामो राजनीतिक सङ्घर्ष र जनताको बलबाट स्थापित सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाबाट मुलुक पछाडि नफर्कने बताएका हुन्।

‘यो व्यवस्थाका कमीकमजोरी सुधार गर्दै अघिबढ्नुपर्छ,’  प्रचण्डले भने, ‘राजनीतिक नेतृत्वले जनतामा निराशा नआउने ढङ्गले काम गर्नुपर्छ।’

उनले जनताका समस्या बुझ्न आफू घरदौलोमा पुग्न थालेकाे पनि बताए। कालीगण्डकी करिडोर चाँडोभन्दा चाँडो पूरा गर्न  आफ्नातर्फबाट हरसम्भव प्रयास हुने उनकाे भनाई थियाे। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad