ग्लोबल


अमेरिका–चीन व्यापार ढाँचाको अन्तिम खाका तयार, ट्रम्प र सीबाट अनुमोदन हुन बाँकी

अमेरिका–चीन व्यापार ढाँचाको अन्तिम खाका तयार, ट्रम्प र सीबाट अनुमोदन हुन बाँकी

लन्डनमा शीर्ष अमेरिकी र चिनियाँ अधिकारीहरू


नेपालखबर
जेठ २८, २०८२ बुधबार ११:२२, काठमाडौँ

अमेरिका र चीनबीच व्यापारका लागि रूपरेखा तयार पारिएको दुवै देशका शीर्ष अधिकारीहरूले बताएका छन्। 

लन्डनमा दुई दिन लन्डनमा भएको वार्तापछि उनीहरूले दुई देशबीच व्यापार सम्झौताका विषयमा रूपरेखा तयार भएको घोषणा गरेका हुन्।

अब दुई देशबीच तय भएको यो योजना अनुमोदनका लागि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र चीनका राष्ट्रपति सी चिनफिङकहाँ पठाइने बीबीसीले जनाएको छ।

अमेरिकाका वाणिज्य सचिव हावर्ड लुटनिकले यो सम्झौतापछि दुर्लभ खनिज र चुम्बकमा लगाइएको प्रतिबन्ध हट्ने बताएका छन्। 

उनका अनुसार चीनसँगको यस बैठकमा आधुनिक प्रविधिका लागि दुर्लभ खनिजको मुद्दा शीर्ष स्थानमा थियो।

गत महिना अमेरिका र चीनबीच कर घटाउने विषयमा अस्थायी सम्झौता भएको थियो। तर दुवै देशले एकअर्कालाई सम्झौता उल्लंघनको आरोप लगाइरहेका छन्।

अमेरिकाले चीनबाट दुर्लभ धातु र चुम्बकको निर्यात सुस्त रहेको बताएको छ, जुन स्मार्टफोनदेखि विद्युतीय सवारीसाधनसम्म सबै कुरा निर्माणका लागि आवश्यक छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad