नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपालले मानिस बाहेक अरु निर्यात गर्न नसकेको बताएका छन्।
कांग्रेसको केन्द्रीय आपूर्ति तथा उपभोक्ता विभागले मंगलबार काठमाडौँमा आयोजना गरेको ‘आर्थिक वर्ष २०८२/८३ को बजेटले उपभोक्ता बजार आपूर्ति श्रृङ्खलामा पार्ने प्रभाव’ विषयक अन्तरक्रिया कार्यक्रममा सीमानाकामा नेपाली नागरिकहरुलाई धेरै दुःख दिन नहुने बताए।
‘बोर्डरमा धेरै दुःख दिनु हुँदैन, नेपालीहरुलाई,’ देउवाले भने, ‘खासगरी उपभोक्ता मान्छे बोहक केही निर्यात नै छैन यहाँबाट। त्यस्तो अवस्था छ। अरु केही निर्यात गर्नै सकेका छैनौँ। आयातमा भर पर्नुपर्ने कुरा छ।’
उद्योगपतिले उद्योग खोल्ने र व्यापारीले व्यापार गर्नुपर्ने भन्दै उनले व्यापारी र उद्योगीहरुलाई उद्योग खोलेर व्यापार गर्न आग्रह गरे। नेपालको उत्पादन गुणस्तरीय हुनसके विश्व बजारमा प्रतिष्पर्धा गर्न सकिने देउवाको भनाइ छ।
नेपालले ४० प्रतिशत जंगल बचाउँदा केही राहत भइरहेको बताउँदै उनले हिमाल बचाउन महत्वपूर्ण कदम चाल्नुपर्नेमा जोड दिए। जलवायु परिवर्तनका कारण नेपाल धेरै ठूलो समस्यामा पर्ने उनको भनाइ छ।
Shares

प्रतिक्रिया