खेल


आरिफको उत्कृष्ट ब्याटिङमा नेदरल्यान्ड्सलाई नेपालले दियो २३७ रनको लक्ष्य

नेदरल्यान्ड्सलाई १० रन पेनाल्टीमा प्राप्त
आरिफको उत्कृष्ट ब्याटिङमा नेदरल्यान्ड्सलाई नेपालले दियो २३७ रनको लक्ष्य

नेपालखबर
जेठ २७, २०८२ मंगलबार १९:३६, काठमाडौँ

आरिफ शेखको उत्कृष्ट ब्याटिङमा स्कटल्यान्डमा जारी आईसीसी विश्वकप लिग-२ एक दिवसीय त्रिकोणात्मक सिरिजमा नेपालले जितका लागि नेदरल्यान्डसामु २ सय ३७ रनको लक्ष्य प्रस्तुत गरेको छ। 

स्कटल्यान्डको डुन्डीस्थित फोर्थहिलमा नेदरल्यान्डले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा  २ सय ३६ रनको योगफल तयार पारेको हो। 

आरिफ शेखले बनाएको ४ रन नै नेपालका लागि सर्वाधिक रह्यो। सम्हालिएको ब्याटिङ गरेका आरिफले ८५ बलमा ७ चौका र २ छक्का प्रहार गरे। ओडीआइमा आरिफले नेपालका लागि सर्वाधिक रन बनाएका हुन्। यसअघि उनले नेदरल्यान्ड्सविरुद्ध नै ७ रन बनाएका थिए। 
भीम सार्की र कप्तान रोहित पौडेलले समान ३५ रन थपे। 

भीमले ३८ बलमा ३ चौका प्रहार गर्दा माइकल लेविटको बलमा क्याच आउट भए। ६० बलमा १ चौका हानेका कप्तान रोहित पनि माइकल कै बलमा क्याच आउट हुन पुगे। 

ओपनर कुशल भुर्तेल १९ बलमा २ चौका सहयोगमा १८ रन बनाउँदा रोइलोफ भान डेर मेर्भेको बलमा बोल्ड आउट भए। 

२४ बलमा १ चौका सहयोगमा १६ रन बनाएका दिपेन्द्र सिंह ऐरि लेविट कै बलमा क्याच आउट भए। बसिर अहमद ११ रन बनाउँदा आर्यन दत्तको बलमा म्याक्स ओ डाउडको हातबाट क्याच आउट नै भए। करण केसी पनि ११ रन बनाउदा बोल्ड आउट हुन पुगे। सन्दीप लामिछाने २ रनमा रन आउट भए। 

अनिल शाह २ रनमा पेभेलियन फर्के। नन्दन यादव १० रनमा अविजित रहे। नेदरल्यान्ड्सका लागि माइकल लेविटले तीन विकेट लिए। पाउल भान मेक्रेनले २ तथा आर्यन दत्तले एक विकेट आफ्नो नाममा गरे। नेदरल्यान्ड्सले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ। 

बसिर अहमद ३६.२ र ३९.३ ओभरमा पिचमा दौडिएपछि ५/५ रन पेनाल्टी तोकिएको छ। पेनाल्टीबाट नेदल्यान्ड्सले १० रन पाइसकेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad