राजनीति


सामुदायिक वनका अध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा, ६ लाख बढीको बिगो

सामुदायिक वनका अध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा, ६ लाख बढीको बिगो

नेपालखबर
जेठ २७, २०८२ मंगलबार १६:५१, काठमाडौँ

जाजरकोटस्थित भेरी नगरपालिका-१० को रानीचौर सामुदायिक वन उपभोक्ता समूहका तत्कालीन अध्यक्ष कर्णबहादुर शाहीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। 

सार्वजनिक सम्पत्ति हानी नोक्सानी, सरकारी कागजात सच्याएको र गलत लिखत तयार गरी भ्रष्टाचार गरेको आरोपसहित अख्तियारले आज मंगलबार शाहीविरुद्ध विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको हो। 

वनको राजस्व रकम हिनामिना गरेको उजुरी परेपछि अनुसन्धान गर्दा शाहीले नेपाल बैंक लिमिटेड जाजरकोट शाखामा रहेको खाताबाट ०७८ चैत २० गते ७ लाख रकम झिकेर ६३ हजार ९५३ रुपैयाँ दाखिला गरी झिकेको रकमको मात्रै राजस्व दाखिला गरेको अख्तियारले उल्लेख गरेको छ। 

त्यस्तै शाहीले कृषि विकास बैंकले १४ वटा झुटा तथा नक्कली राजस्व दाखिला गरी कुशे व्यावसायिक परामर्श तथा अनुसन्धान सेवाबाट लेखापरीक्षण गराइएको भनी ७ वटा नक्कली बिल, राज परामर्श सेवाबाट सेवा लिएको भनी एउटा नक्कली बिल र होटल धौलागिरी एण्ड रेष्टुरेन्टको ३ वटा नक्कली बिल तयार पारी  उपभोक्ता समूहमा पेस समेत गरी गैरकानुनी लाभ र उपभोक्ता समूहको खातामा रहेको ६ लाख ३६ हजार ४७ रुपैयाँ बदनियतपूर्वक हिनामिना गरेको आरोप छ। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad