समाज


बनेपामा सशस्त्र प्रहरीद्वारा विपद् अनुशिक्षण तालिम

बनेपामा सशस्त्र प्रहरीद्वारा विपद् अनुशिक्षण तालिम

नेपालखबर
जेठ २७, २०८२ मंगलबार १६:५६, काठमाडौँ

बनेपा नगरपालिकाको सहकार्यमा सशस्त्र प्रहरी बल नेपाल, नं. १५ गण, काभ्रेले आयोजना गरेको ३ दिने विपद् अनुशिक्षण तालिम तथा विपद् सूचक समापन कार्यक्रम सम्पन्न भएको छ। 

तालिमको समापन समारोहमा सहभागीहरूलाई प्रमाणपत्र वितरण गरिनुका साथै आगामी दिनमा थप विपद् व्यवस्थापन सम्बन्धी तालिम सञ्चालन गर्ने प्रतिवद्धता जनाइएको छ।

तालिममा १४ वटै वडाबाट ७४ जनाको सहभागिता रहेको थियो। सशस्त्र प्रहरी बलका प्रशिक्षकहरूले विपद् अवधिमा अपनाउनुपर्ने सावधानी र विपद् सूचनाको संकलन तथा व्यवस्थापनबारे प्रशिक्षण दिएका थिए।

कार्यक्रममा बोल्दै बनेपा नगरपालिकाका नगरप्रमुख शान्ती रत्न शाक्यले विपद् व्यवस्थापनलाई अझ प्रभावकारी बनाउन आगामी वर्षमा थप बजेट विनियोजन गर्दै स्वयंसेवक तालिमको निरन्तरता दिइने बताइन्।

कुनैपनि ठाउँमा विपद् आउनसक्ने भन्दै सधैँ सचेत रहनुपर्ने उनको भनाई थियो।

उपप्रमुख शाक्यले आगामी दिनमा थप स्वयंसेवक तालिमहरू सञ्चालन गर्नुपर्ने सुझाव पनि दिइन्। 

गत असोजमा आएको बाढी र पहिरोका कारण बनेपामा मात्र चार जनाले ज्यान गुमाएका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad