राजनीति


माओवादी सांसद पाण्डेको प्रश्न– नागरिकता ऐनमा सेरोगेसीको विषय कसरी समेटिन्छ ?

माओवादी सांसद पाण्डेको प्रश्न– नागरिकता ऐनमा सेरोगेसीको विषय कसरी समेटिन्छ ?

फाइल तस्बिर


नेपालखबर
जेठ २७, २०८२ मंगलबार १३:११, काठमाडौँ

नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले नागरिकता सम्बन्धी विधेयकमा सेरोगेसीको विषय कसरी सम्बोधन गर्ने भन्दै सरकारसँग प्रश्न गरेका छन्।

मंगलबारको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले आधुनिकताको विकाससँगै सेरोगेसीको चलन बढ्दै गइहेको उल्लेख गरे।

‘नागरिकताको कुरा गर्दा मेरो दिमागमा एउटा कुरा आएको छ, यो सरकारले हल कसरी गर्छ भन्ने हो,’ पाण्डेले भने, ‘अहिले विज्ञानले विकास गर्दागर्दै सेरोगेसी मदरको कुरा आउँछ। सेरोगेसीको समस्या नागरिकतामा कसरी समेट्ने। त्यो नहुँदा त अहिले असजिलो परिरहेको छ। यो सेरोगेसीको कुरा पनि आइसक्यो अब त। विज्ञानले विकास गरिसक्यो। यो पनि नागरिकताको एउटा समस्या हो। यो कुरालाई कसरी समाधान गर्ने हो? नेपाल सरकारले कसरी सोचेको छ?’

प्रमुख सचेतक पाण्डेले नागरिकतासम्बन्धी विधेयकमा व्यापक छलफल गर्न जरुरी रहेकोमा जोड दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad