राजनीति


चित्रबहादुर केसीको प्रश्न : पैसा कमाएका कारणले एनआरएनलाई नागरिकता दिने?

चित्रबहादुर केसीको प्रश्न : पैसा कमाएका कारणले एनआरएनलाई नागरिकता दिने?

फाइल तस्बिर


नेपालखबर
जेठ २७, २०८२ मंगलबार १२:३६, काठमाडौँ

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले पैसा कमाएकै कारण एनआरएनहरुलाई वंशजको नागरिकता दिन नहुने बताएका छन्।

मंगलबारको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले नेपालमा नागरिकताको समस्या धेरै जटिल रहेको उल्लेख गरे। खुला सीमा भएका कारण भारतबाट मात्र नभइ उत्तर, दक्षिण लगायतका विभिन्न देशहरुबाट नेपालमा आउनेहरुको लर्को रहेको दाबी गरे।

‘नेपालमा नागरिकताको समस्या अत्यन्त जटिल समस्या रहेको छ,’ केसीले भने, ‘दक्षिणतिर मात्रै बोर्डर खुला छ भन्नेमात्रै होइन। उत्तर, दक्षिण, बर्मा विभिन्न देशबाट मान्छेको ओइरो लागेको हो। हाम्रो पार्टीले के भन्दै आएको हो भने आमा वंशजको, बुबा वंशजको यसबाट जन्मिएका सन्तानलाई मात्रै वंशजको नागरिकता दिनुपर्छ भन्ने हो।’

उनले थपे, ‘गैह्रआवासीय नेपालीहरुको समस्या र धेरै कुराहरु सुनियो। उपदेश पनि धेरै सुनिरहेको छ। उनीहरु यहाँ आउन पाउने र उनीहरुलाई वंशजको नागरिकता दिने हो भने देश स्विट्जरल्याण्ड हुने जस्तो कुरा पनि सुनियो। पैसा कमाएका कारणले नागरिकता पाइन्छ? वंशजको नागरिकता पाइन्छ ?’

केसीले दोहोरो नागरिकता दिन नहुने अडान राखे। ‘गैह्रआवासीय नेपालीलाई सांस्कृतिक, आर्थिक अधिकारको कुरा छ,’ उनले भने, ‘त्यसले उहाँहरुलाई पुगेको छैन। त्यस्तो हुन्छ। ब्रिटिस गोरखाको पनि त्यही छ। उता पनि वंशजको नागरिकता लियो, उहिले राणाकालमा सम्झौता भएर गएको निरन्तर हुनुपर्छ, दुईतिर नागरिकता लिन पाइन्छ? संसद्मा भोटिङ हुनुपर्छ यसबारेमा। मेरो एउटै भोट पर्ला फरक पर्दैन। विलौना सुनेपछि मन पगाल्ने काम नगरौँ।’

अध्यक्ष केसीले नेपालकालाई बाहिर लखेट्ने र बाहिरका ल्याएर नागरिकता दिनेकुरा राम्रो नहुने बताए।

 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad