राजनीति


आन्दोलन तुहिएको होइन, ज्वारभाट आउनु अघिको सन्नाटा मात्र होः बर्तौला

आन्दोलन तुहिएको होइन, ज्वारभाट आउनु अघिको सन्नाटा मात्र होः बर्तौला

नेपालखबर
जेठ २५, २०८२ आइतबार २०:४७, काठमाडौँ

राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले आफूहरूको आन्दोलन तुहियो भन्नु भ्रम मात्रै भएको बताएका छन्। 

अहिलेको यथास्थितिबाट मुलुक अघि बढ्नै नसक्ने ठोकुवा गर्दै उनले मनपरितन्त्रलाई जोगाईराख्न सर्वसत्तावादी चिन्तनबाट ग्रसित भएर शासकहरू अघि बढ्न खोजेको समेत आरोप लगाए।

पार्टीको काठमाडौं जिल्ला समितीद्वारा आज आयोजित कार्यक्रममा बोल्दै बर्तौलाले जनताको आवाजलाई कुनै पनि सरकारले दबाउन नसक्ने समेत स्पष्ट पारे। 

‘आन्दोलन सकियो, असफल भयो, तुहियो भन्ने कसैले सोचेको छ भने त्यो भ्रम हो, अहिले ज्वारभाट आउनु अघिको सन्नाटा मात्र हो,’ उनले भने।

आन्दोलनलाई थप उचाइमा लैजान आवश्यक गृहकार्य भैरहेको समेत उनको स्पस्टोक्ती थियो। चाँडै परिणाम चाहने हुटहुटी भएको ठुलो युवा पङ्ती यो आन्दोलनमा सामेल रहेको भन्दै उनले युवाहरुको जोस र उर्जा अनि पुरानो पुस्ताको अनुभवलाई समेटेर आन्दोलन अघि बढाउने र टुङ्गोमा पुग्ने समेत दाबी गरे।

राप्रपा नेपालले काठमाडौँको ११ वटै स्थानीय तहमा समीक्षा सहित आगामी कार्यक्रमको तयारी बैठक बस्ने निर्णय गरेको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad