प्रतिनिधिसभाको बैठक सूचना टाँस गरी सारिएको छ। यसअघि आज दिउँसो १ बजेका लागि डाकिएको बैठक दलहरूबीच सदन सञ्चालनको विषयमा सहमति नजुट्दा ३:१५ सम्मलाई सारिएको हो।
संसद्का महासचिव पद्मप्रसाद पाण्डेयले विशेष कारणले निर्धारित समयमा बस्न नसक्ने भएकोले प्रतिनिधिसभाको नियमावलीअनुसार सभामुख देवराज घिमिरेले नयाँ मिति तय गरेको जानकारी दिए।
भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकमाथि छानबिनका लागि उच्चस्तरीय छानबिनको माग गर्दै प्रतिपक्षी दलले सदन अवरोध गर्दै आएका छन्। सत्तापक्षले भने समिति नै आवश्यक नभएको बताउँदै आएका छन्।

1.4k
Shares

प्रतिक्रिया