प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खेल क्षेत्रमा राज्यले अझ बढी बजेटको व्यवस्था गर्नुपर्ने बताएका छन्।
काठमाडौँमा शनिबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले खेल क्षेत्र शारीरिक स्वास्थ्यमा मात्रै सिमित नरहेको बताउँदै सामाजिक सभ्यता, अनुशासन, देशको पहिचान र प्रतिष्ठासँग जोडिएको र आर्थिक समृद्धिको लागि पनि महत्व बढ्दै गएको बताए।
राज्यले खेल क्षेत्रलाई अझ बढी बजेटको व्यवस्था गर्नुपर्ने र खेलाडीहरुको भविष्यप्रीत गम्भीर र सजग हुनुपर्ने बताए। उनले खेल क्षेत्रमा अहिल केही समयदेखि निरन्तर नेपालमा प्रगति भइरहेको बताए। राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा पदकहरुको वर्षा भएको जिकिर गरे।
‘खेल क्षेत्रमा अहिल केही समयदेखि निरन्तर नेपालमा प्रगति भइरहेको छ र राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा पदकहरुको एक किसिमले भन्ने हो भने वर्षा नै भएको छ,’ प्रचण्डले भने, ‘स्वर्ण पदकदेखि विभिन्न स्तरका पदकहरु नेपाली खेलाडीहरुले जित्दै गएका छन्। त्यसको मात्रा र गुण दुवैमा वृद्धि भएको छ।’
शारीरिक सुगठनको विधा अरु भन्दा चुनौतिपूर्ण रहेको प्रचण्डको भनाइ छ।
Shares

प्रतिक्रिया