प्रधानमन्त्री केपी शर्मा ओलीले सीमा बन्द भएपछि भारतमै रोकिएका नेपालीहरुलाई तत्काल नेपाल नभित्र्याइने स्पष्ट पारेका छन्।
उनले भारतमा रहेका नेपालीहरुलाई निश्चित अवधीपछि स्वास्थ्य परीक्षण गराएर मात्रै स्वदेश फर्काउने बताए।
‘सीमा क्षेत्रमा नेपालतर्फ रहेका भारतीय नागरिक तथा भारतमा रहेका नेपालका नागरिकलाई त्यही देशमा क्वारेन्टाइनको व्यवस्था गर्ने सहमित भएको छ,’ ओलीले भने, ‘निश्चित अवधी पार गरेपछि स्वास्थ्य परीक्षण गरेर स्वदेश फर्काइनेछ।’
उनले भारतमा २ हजार १ सय ४७ नेपाली र नेपालमा ७ सय भारतीय क्वारेन्टाइनमा रहेको बताए। उनले अन्य स्थानमा रहेका नेपालीहरुलाई पनि जहाँ रहे पनि सुरक्षित रहन आग्रह गरेका छन्।

प्रतिक्रिया