प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी दुई साता नेपालका लागि थप चुनौतिपूर्ण हुनसक्ने बताएका छन्।
मंगलबार देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कोरोनाको लक्षण देखिने र समुदायमा फैलने अवधि भएका कारण आगामी दुई साता थप चुनौतिपूर्ण हुने बताएका हुन्।
‘आगामी दुई साता सायद हाम्रा लागि थप चुनौतिपूर्ण हुनसक्छ, यो अवधि कोरोनाको लक्षण प्रकट हुने अवधिमात्रै होइन, समूदायमा फैलिन उच्च जोखिमको अवधि पनि हो’, प्रधानमन्त्री ओलीले भने, ‘त्यसैले महामारीको संक्रमण फैलिन नदिन हाम्रा सारा प्रयास केन्द्रित गरिनेछ।’
प्रधानमन्त्री ओलीले यसै हप्ताबाट प्रयोगमा ल्याएको तीवै परीक्षण विधिको प्रयोगले समूदायमा संक्रमणको स्थिति पहिचान गर्न सघाउ पु¥याउने उनले विश्वास समेत व्यक्त गरे।

प्रतिक्रिया