राजनीति


आइतबारको संसद् बैठक चल्छ: प्रमुख सचेतक बर्तौला

आइतबारको संसद् बैठक चल्छ: प्रमुख सचेतक बर्तौला

नेपालखबर
जेठ २३, २०८२ शुक्रबार १८:२४, काठमाडौँ

नेकपा (एमाले) का प्रमुख सचेतक महेश बर्तौलाले आगामी आइतवारदेखि प्रतिनिधि सभाको बैठक सहज ढङ्गले अगाडि बढ्ने बताएका छन्।

शुक्रवार नयाँ वानेश्वरस्थित सङ्घीय संसद भवन परिसरमा पत्रकारहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्। उनले आगामी दिनहरूमा संसद् भवन आउने, सूचना टाँस गर्ने र फर्कने अवस्था नबन्ने बताए। 

उनले प्रतिपक्षीले बैठक गरौँ भन्दा हुने र नगरौँ भन्दा नहुने अवस्थाको सिर्जना हुन नदिने समेत जिकिर गरे। मुख्य सचेतक बर्तौलाले संसद्ले गर्नुपर्ने महत्वपूर्ण काममा जोडिनुपर्ने आवश्यकता रहेको बताए।

उनले कानूनहरू पारित गर्नुपर्ने कार्यभार रहेको जिकिर गरे। साथै, उनले आगामी आर्थिक वर्षको बजेटमाथि छलफल नभएको बताउँदै बजेटलाई पारित गर्नुपर्ने दिशामा जानुपर्ने जिम्मेवारी रहेको समेत जिकिर गरे। 

उनले आगामी आईतवारदेखि प्रतिनिधि सभाको बैठक नियमित र सहज ढङ्गले सञ्चालन हुने दोहोर्‍याए। उनले प्रतिपक्षीलाई पेलेर जाने कुरा वर्तमान सरकारको शब्दकोश मै नरहेको जिकिर गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad