राजनीति


संसद्‌मा प्रस्तुत हुने रणनीति बनाउन प्रचण्डको नेतृत्वमा विपक्षीको बैठक

संसद्‌मा प्रस्तुत हुने रणनीति बनाउन प्रचण्डको नेतृत्वमा विपक्षीको बैठक

नेपालखबर
जेठ २३, २०८२ शुक्रबार १३:२६, काठमाडौँ

प्रतिनिधिसभाका विपक्षी दलको बैठक जारी छ। प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा संसद् भवनमै विपक्षी दलहरूको बैठक बसेको माओवादी सांसद माधव सापकोटाले जानकारी दिए। 

प्रतिनिधिसभामा कसरी प्रस्तुत हुने भन्ने रणनीति तय गर्न विपक्षीहरू एकजुट भएका हुन्। भिजिट भिसा प्रकरणमा मुछिएको भन्दै विपक्षीहरूले गृहमन्त्री रमेश लेखकको राजीनामा र छानबिन समिति गठनको माग गर्दै आइरहेका छन्। तर सत्तापक्ष भने यसमा तयार भएको छैन। 

आजको बैठकमा माओवादीबाट दाहाल, वर्षमान पुन,  राष्ट्रिय स्वतन्त्र पार्टीका डीपी अर्याल, डा स्वर्णिम वाग्ले, सन्तोष परियार, विराजभक्त श्रेष्ठ, हरि ढकाल, नेकपा एकीकृत समाजवादी पार्टीका राजेन्द्र पाण्डे, शेरबहादुर कुँवर, आम जनता पार्टीका प्रभु साहलगायत सहभागी छन्।

आजको प्रतिनिधिसभा बैठक दिउँसो १ बजे डाकिएको थियो तर अझै सुरु हुन सकेको छैन। विपक्षीले अवरोध गरेपछि पछिल्लो केहीदिनयता संसद् बैठक बस्न सकेको छैन। बिहीबार बैठक बसे पनि नियमित कार्यसूचीमा प्रवेश नगरी स्थगित भएको थियो।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad