राष्ट्रियसभामा नेकपा (माओवादी केन्द्र)का सांसद मायाप्रसाद शर्माले भिजिट भिसाको आवरणमा भइरहेको मानव तस्करी प्रकरणको निष्पक्ष छानबिनका लागि गृहमन्त्री रमेश लेखकले पदबाट राजीनामा दिनुपर्ने बताएका छन्।
बुधबारको राष्ट्रियसभा बैठकमा बोल्दै सांसद शर्माले छानबिन सहज बनाउन राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्ने उल्लेख गरे।
भिजिट भिसा प्रकरणमा संलग्न कर्मचारीहरूलाई सरकारले हालम्म कारबाही नगरेकोप्रति पनि उनले प्रश्न उठाए। 'सरकारले किन कारबाही गरेन? अख्तियार स्वतःफूर्त रूपमा अघि बढ्नुपर्ने स्थिति किन आयो?' उनको प्रश्न छ।
गृहमन्त्री पदमै रहँदा छानबिनमा प्रभाव पर्नसक्ने भएकाले कानुनी र नैतिक दृष्टिकोणले गृहमन्त्रीको राजीनामा उपयुक्त हुने उनको भनाइ छ।
33
Shares

प्रतिक्रिया