राजनीति


आज पनि बस्दै नबसी स्थगित भयो प्रतिनिधिसभा बैठक

आज पनि बस्दै नबसी स्थगित भयो प्रतिनिधिसभा बैठक

नेपालखबर
जेठ २१, २०८२ बुधबार १५:३४, काठमाडौँ

आज पनि बस्दै नबसी प्रतिनिधिसभा बैठक स्थगित भएको छ।  बैठक भोलि बिहीबार दिउँसो १ बजेसम्मका लागि स्थगित भएको सभामुखको सचिवालयले जनाएको छ।  

यसअघि मंगलबार पनि बैठक बस्दै नबसी आज दिउँसो १ बजेसम्मका लागि स्थगित भएको सूचना टाँसिएको थियो।  भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको कनेक्सन रहेको दाबीसहित प्रतिपक्षी दलले उनको राजीनामा र यस प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठनलाई बटमलाइन बनाउँदै आएका छन्।  

१ बजे बस्ने भनिएको बैठक बस्न नसकेपछि दिउँसो सवा ३ बजेसम्मलाई सारिएको थियो। उक्त समयमा पनि बैठक बस्न नसकेपछि भोलिसम्मलाई सारिएको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad