राजनीति


सुवेदी एक्लै अघि बढ्न खोजेको भन्दै बिथोलियो राजावादीको आन्दोलन घोषणा कार्यक्रम

सुवेदी एक्लै अघि बढ्न खोजेको भन्दै बिथोलियो राजावादीको आन्दोलन घोषणा कार्यक्रम

तस्बिरः सौगात दाहाल/नेपालखबर डटकम


नेपालखबर
जेठ २१, २०८२ बुधबार १५:४६, काठमाडौँ

राजसंस्था पुर्नस्थापना र हिन्दुराष्ट्रको माग गर्दै दोस्रो चरणको आन्दोलनको घोषणा गर्न लागेका राजावादीको कार्यक्रम बिथोलिएको छ।

संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीको संयोजकत्वमा बसेको बैठकमा सहभागीहरुले नेतृत्व परिवर्तनको माग गर्दैै नाराबाजी गरेपछि आन्दोलनका कार्यक्रम घोषणा नगरी स्थगित भएको छ।

बैठकमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन अनुपस्थित भएको अवस्थामा  सुवेदीले आन्दोलनका नयाँ कार्यक्रम घोषणा आजै गरिने बताएपछि सहभागी नेता कार्यकर्ताअसन्तुष्ट बनेका हुन्। त्यसपछि उनीहरुले नाराबाजी  थालेका थिए।

‘यो नेतृत्वले हुँदैन,’ बैठकमा सहभागी सदस्यले भने, ‘राजेन्द्र लिङ्देन हाम्रो पार्टीको अध्यक्ष हुनुहुन्छ। उहाँ नै चाहिन्छ।’

बैठकमा होहल्ला भएपछि उनले बैठक स्थगित भएको घोषणा गरेका छन्। बैठकमा राप्रपा नेपालका अध्यक्ष कमल थापा भने उपस्थित थिए। 

राजसंस्था र हिन्दु राष्ट्र पुर्नस्थापनको माग गर्दै राजावादीहरुले जेठ १५ गतेदेखि आन्दोलन सुरु गरेका थिए। एक साताका लागि तय भएको आन्दोलन सकिएपछि नयाँ कार्यक्रम घोषणा गर्न बैठक आयोजना गरिएको हो।

बैठकमा राप्रपा, राप्रपा नेपाल र राष्ट्रिय शक्ति नेपाल पार्टीलाई बोलाइएको थियो। तर, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन संसद्को बैठकमा सहभागी हुनुपर्ने भन्दै अनुपस्थित भएका थिए।

बैठकमा पत्रकारलाई प्रवेश दिएको भन्दै केही व्यक्ति आक्रोषित भएका थिए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad