राजनीति


गृहमन्त्रीले अख्तियारमा कार्यरत प्रहरीलाई एकै दिनमा सरुवा र फिर्ता गर्दा शंका पैदा भयो: माओवादी

गृहमन्त्रीले अख्तियारमा कार्यरत प्रहरीलाई एकै दिनमा सरुवा र फिर्ता गर्दा शंका पैदा भयो: माओवादी

नेपालखबर
जेठ २१, २०८२ बुधबार १०:३४, काठमाडौँ

नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले भिजिट भिसा प्रकरणबारे छानविन समिति बनाउनुपर्ने माग गरेका छन्। 

आज बसेकोराज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले भिजिट भिसा प्रकरणबारे छानविन समिति बनाउनुपर्ने मागमा आफूहरु अडिग गरेको बताएका हुन्। 

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखक संलग्न रहेको आरोप लगाउँदै प्रमुख प्रतिपक्ष दलसहितका विपक्षी राजनीतिक दलहरुले गृहमन्त्रीको राजीनामा माग गर्दै आएका छन्। 

उनीहरुले गृहमन्त्री लेखकको राजीनामा माग गर्दै संसद् बैठकमा पनि अवरोध गरिरहेका छन्। 

विपक्षीहरुले सदनलाई अवरुद्ध गरिरहेको बेलामा गृहमन्त्री लेखकले एकैदिन अख्तियारमा कार्यरत प्रहरी अधिकारीको सरुवा गर्ने र फेरि तत्काल फिर्ता गर्ने काम गर्नुले थप शंका पैदा गरेको पनि पाण्डेले बताए। 

‘नागरिकहरु सुशासन खोजिरहेका बेला सरकारले झनै कुसंस्कारका काम गरिरहेको छ,’ पाण्डेले भने, ‘हामी सदनलाई अवरुद्धकै अवस्थामा लिएर गइरहेका छौँ। फेरि यही बेलामा गृहमन्त्रीज्यूले एकैदिन प्रहरी अधिकारी अख्तियारमा पठाउने र फिर्ता गर्ने काम गर्नुभयो। यसले एउटा ठूलो कन्फ्युजन सिर्जना गरेको छ।’

उनले भिजिट भिसा प्रकरण गम्भीर विषय भएकाले यसमा छानविन समिति आवश्यक पर्नेमा पनि जोड दिए। 

उनले सरकार विधेयकहरु छिटो टुंगो लगाउने गरी काममा नलागेको आरोप पनि लगाए। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad