राजनीति


आज अन्नपूर्ण आधार शिविर जाँदै प्रधानमन्त्री, यस्तो छ कार्यक्रम

आज अन्नपूर्ण आधार शिविर जाँदै प्रधानमन्त्री, यस्तो छ कार्यक्रम

नेपालखबर
जेठ २०, २०८२ मंगलबार ७:२२, काठमाडौँ

प्रधानमन्त्री केपी शर्मा ओली आज म्याग्दीको अन्नपूर्ण गाउँपालिका- ४ स्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविर जाँदैछन्।

आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमाल आरोहणको ७५ वर्ष पूरा भएको अवसरमा आधार शिविरमा हुन लागेको कार्यक्रममा सहभागि हुन प्रधानमन्त्री ओली मंगलबार बिहान नौ बजे हेलीकोप्टरमार्फत त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम छ। 

आधार शिविरमा ओलीले अन्नपूर्ण प्रथम हिमाल आरोहणको ७५ औँ वार्षिकोत्सव तथा शालिक अनवरण गर्ने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ।

प्रधानमन्त्री ओलीसँगै संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री बद्रीप्रसाद पाण्डे, नेपालका लागि फ्रान्सका राजदूत भिर्जिनी कोर्ताभाल र उर्जा, जलस्रोत तथा सिँचाइ राज्य मन्त्री खमबहादुर गर्बुजा आधार शिविर जाने कार्यक्रम छ। 

चार हजार एक सय ९० मिटरको उचाईमा रहेको आधार शिविरमा प्रधानमन्त्री ओलीलाई गाउँपालिका अध्यक्ष भारतकुमार पुन, पर्यटन बोर्ड गण्डकीका प्रमुख मणिराज लामिछाने, मौरिस हर्जोग पदमार्गका अभियान्ता तेज गुरुङ, माथिएस हर्जोग र टान गण्डकीका अध्यक्ष कृष्णप्रसाद लामिछाने लगायतले स्वागत गर्ने कार्यक्रम छ। 

त्यसक्रममा प्रधानमन्त्री ओलीले आधार शिविरमा अन्नपूर्ण प्रथम हिमालको पहिलो आरोही मौरिस हर्जोग, लुइस लाचेन र प्रथम नेपाली आरोही सोनाम वाङ्चुक शेर्पाको अर्धकद सालिक अनावरण र खुला सङ्ग्रहालयको उद्घाटन गर्ने कार्यक्रम छ। 

आधार शिविरमा करिब २० देखि ३० मिनेट रहेपछि प्रधानमन्त्री ओली सहितको टोली नारच्याङको बेंसी गाउँमा आयोजित अन्नपूर्ण हीरक महोत्सवको मुख्य कार्यक्रममा सहभागी हुने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad