राजनीति


भिजिट भिसा प्रकरणमा सेटिङ भएको छ, गृहमन्त्रीले राजीनामा दिनैपर्छ: माओवादी

भिजिट भिसा प्रकरणमा सेटिङ भएको छ, गृहमन्त्रीले राजीनामा दिनैपर्छ: माओवादी

नेपालखबर
जेठ १९, २०८२ सोमबार १६:३२, काठमाडौँ

नेकपा माओवादी केन्द्रले गृहमन्त्री रमेश लेखकले राजीनामा नदिएसम्म प्रतिनिधिसभा बैठक सञ्चालनमा अवरोध कायमै राख्ने निर्णय गरेको छ। सोमबार बसेको संसदीय दलको बैठकले भिजिट भिसा प्रकरणमा सेटिङ भएको निष्कर्ष माओवादीले निकालेको उपमहासचिव वर्षमान पुनले जानकारी दिए। 

'विवादिन कर्मचारीलाई अध्यागमनमा पठाउने, अख्तियारले छापा मार्न लागेपछि फिर्ता बोलाउने। यस्ता अस्वभाविक गतिविधिमाथि विस्तृत छानबिन हुन्छ नै राजीनामा दिएर मार्गप्रशस्त गर्नु नै उपयुक्त हुन्छ,' उनले भने, 'भिसिट भिसा प्रकरणमा सेटिङ भएको स्पष्ट छ को छ भन्नेकुरा छानबिनले देखाउँछ।'

उनले योलगायत अन्य विषयमा छलफल गर्न आजै कांग्रेस सभापति शेरबहादुर देउवाले बोलाएको पनि बताए। पुनले भोलि फेरि छलफलमा बस्ने गरी आजको बैठक टुंगिएको बताए। 

'भोलि फेरि बस्छौँ। अहिलेको अवस्थामा राजीनामा नभए अघि बढ्न सक्दैनौँ,' उनले भने, 'गृहमन्त्रीलाई दोषी भनेका छैनौँ। छानबिनअघि राजीनामा दिनुपर्छ भन्ने निर्णय दलको हो।' 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad