राजनीति


सिफल, कोटेश्वर र बल्खुबाहेक काठमाडौँका अन्य क्षेत्रमा प्रदर्शन गर्न नपाइने

सिफल, कोटेश्वर र बल्खुबाहेक काठमाडौँका अन्य क्षेत्रमा प्रदर्शन गर्न नपाइने

कोटेश्वर सडक


नेपालखबर
जेठ १८, २०८२ आइतबार १९:५७, काठमाडौँ

सिफल, कोटेश्वर र बल्खुबाहेक काठमाडौँका अन्य क्षेत्रमा प्रदर्शन गर्न नपाइने भएको छ।  राप्रपा, राप्रपा नेपालसहित राजावादीले काठमाडौँ केन्द्रित प्रदर्शन जारी राखेका बेला प्रशासनले निषेधित क्षेत्र थपेको हो। 

काठमाडौँका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले आदेश जारी गर्दै निषेधित क्षेत्र थपिएको आदेश जारी गरेका छन्। 

'काठमाडौँ जिल्लाको चक्रपथ र चक्रपथभित्रका सार्जजनिक स्थानमा भेला जम्मा भई अनसन, धर्ना, घेराउ जुलुस प्रदर्शन तथा सभालगायतका विरोधका कार्यक्रमहरू आयोजना गर्दा अत्यावश्यक सेवा, सार्वजनिक सेवा प्रवाह र सार्वजनिक यातायात सञ्चालनमा कठिनाइ भएको भन्ने जनगुनासोसमेतलाई मध्यनजर गर्दै सार्वजनिक सम्पत्ति र समग्र शान्ति सुरक्षामा असर पर्न जाने अवस्था देखिएकोले जिल्ला सुरक्षा समिति काठमाडौँको सिफारिससमेतका आधारमा स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा ३ क बमोजिम १९ (आजै) गतेदेखि लागू हुने गरी देहायका स्थानबाहेक बढीमा २ महिनासम्मका लागि अनसन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन तथा सभा जस्ता विरोधका कार्यक्रम गर्न निषेध गरिएको आदेश गरिएको छ' तिवारीको आदेशमा उल्लेख छ।  

प्रशासनले सिफल चौर क्षेत्र, कोटेश्वर आकाशे पुलदेखि दक्षिण बालकुमारीतर्फको क्षेत्र र बल्खु क्षेत्रबाहेक अन्यत्र कार्यक्रम गर्न नपाइने जनाएको छ।  

तर, प्रशासनसँगको अनुमति लिएको खण्डमा भने अन्य क्षेत्रमा पनि कार्यक्रम गर्न दिन सकिने प्रमुख जिल्ला अधिकारी तिवारीले उल्लेख गरेका छन्।  

यसअघि शुक्रबार काठमाडौँ प्रशासनले नारायणहिटी दरबार आसपासलाई निषेधित क्षेत्रमा थपेको थियो।  प्रशासनले केशरमहल चोकदेखि नारायणहिटी दरबार संग्रहलाय दक्षिण गेट हुँदै जयनेपाल मोडसम्म र महेन्द्र शालिक हुँदै संग्रहालयको दक्षिण गेटसम्म निषेधित क्षेत्र  तोकिएको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad