समाज


न्यायपालिका अधिकृत समाजको नयाँ नेतृत्व घोषणा, अध्यक्षमा कुइँकेल

न्यायपालिका अधिकृत समाजको नयाँ नेतृत्व घोषणा, अध्यक्षमा कुइँकेल

अध्यक्ष अच्युत कुइँकेल, उपाध्यक्षद्वय निराजन पाण्डे र शारदा फुयाल, महासचिव अविधान सापकोटा


नेपालखबर
जेठ १८, २०८२ आइतबार २०:२५, काठमाडौँ

न्यायपालिका अधिकृत समाजको अध्यक्षमा अच्युत कुँइकेल निर्वाचित भएका छन्।

सर्वोच्च अदालत परिसरमा केहीबेरअघि कुइँकेललाई निर्वाचित घोषणा गरिएको हो।

उनी सर्वोच्च अदालतका प्रवक्ता एवं सहरजिस्ट्रार पनि हुन्।

यस्तै उपाध्यक्षमा निराजन पाण्डे र शारदा फुयाँल चयन भएका छन्।

महासचिवको जिम्मेवारी अविधान सापकोटाले पाएका छन्।

यस्तै सचिवमा वीरेन्द्र बस्नेत र कोषाध्यक्षमा प्रकाश सुवेदी छानिएका छन्। 

खुला सदस्यतर्फ नरेश कार्की, देवराज दाहाल, रेवतीप्रसाद पराजुली, उर्मिला भट्टराई, तेजबहादुर राई, मुस्ताक अहमद खान र चक्रबहादुर रसाइली सुनार चयन भएका छन्। 

रामचन्द्र बस्नेत, प्रभाकर कुमार मल्लिक, भुपाल सुवेदी, सञ्जीव ढकाल, रामप्रसाद पोखेल, उज्ज्वलदेव रावल र चेतराज पन्त प्रदेश सदस्य बनेका छन्।

न्यायपालिका अधिकृत समाज, निर्वाचन अधिकृतको कार्यालयले साधारण सभाबाट सामूहिक छलफलपश्चात् यो कार्यसमिति चयन गर्ने निर्णय भएको भन्दै सूचना प्रकाशित गरी यो नामावली सार्वजनिक गरेको छ।

शनिबार ललितपुर, एकान्तकुनाको एउटा पार्टी प्यालेसमा प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले समाजको पाँचौँ वार्षिक साधारण सभा उद्घाटन गरेका थिए। शनिबारै नेतृत्व चयन गरी साधारण सभा सम्पन्न गर्ने कार्यक्रम रहे पनि सहमति हुन नसक्दा प्रक्रिया लम्बिएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad