राजसंस्थाको पुन:स्थापनाको लागि सुरु भएको राजावादीको आन्दोलन जारी छ। राजावादीहरू आजबाट सुरु भएको 'संयुक्त जनआन्दोलन' को पहिलो दिन शान्तिबाटीकामा पुगेका छन्।
मैतीदेवीबाट निस्किएकाे जुलुसको नेतृत्व राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले गरिरहेका छन् भने। उक्त जुलुसमा पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीको पनि सहभागीता छ। राप्रपा नेपालका अध्यक्ष कमल थापाले सिफलबाट निस्किने जुलुसको नेतृत्व गरेका छन्।
यस्तै, संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुबेदीको नेतृत्वमा नारायणचौरबाट अर्को जुलुस निस्किएकाे छ। नयाँ बजारबाट सुरु भएकाे जुलुसको नेतृत्व डा. प्रकाशचन्द्र लोहनीले र त्रिपुरेश्वरबाट निस्किने जुलुसमा केशरबहादुर विष्ट सहभागी भएका छन्।













Shares

प्रतिक्रिया