राजनीति


माओवादीले भन्यो: गृहमन्त्रीको राजीनामाबाट पछि हटेका छैनौँ

माओवादीले भन्यो: गृहमन्त्रीको राजीनामाबाट पछि हटेका छैनौँ

नेपालखबर
जेठ १५, २०८२ बिहिबार १४:०, काठमाडौँ

नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकको राजीनामाबाट पछि नहटेको बताएका छन्। बिहीबार प्रतिनिधिसभाको बैठकमा पाण्डेले आर्थिक सर्वेक्षण र आर्थिक वर्षको बजेट टेबुल गर्न मात्रै प्रतिनिधिसभा चल्न दिने बताएका हुन्।  

त्यसपछि भिजिट भिसा सेटिङ प्रकरणको छानबिन गर्न उच्चस्तरीय छानबिन आयोग बनाउने र गृहमन्त्री लेखकको राजीनामा नभएसम्म संसद् चल्न नदिने बताए। 

विपक्षी दलहरूले भिजिट भिसा सेटिङ प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गरेर विपक्षीहरूले मंगलबार र बुधवारको प्रतिनिधिसभा बैठकमा अवरोध पुर्‍याएका थिए। विपक्षीको अवरोधका कारण दुई दिनको बैठक कार्यसूचीमा प्रवेश गर्न सकेको थिएन। 

गृहमन्त्री लेखकले बुधबार पत्रकार सम्मेलन गरेर भिजिट भिसा सेटिङ प्रकरणमा आफ्नो संलग्नता नभएको स्पष्टीकरण दिएका थिए। उनले यस प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको दाबी गरे। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad