राजनीति


गृहमन्त्रीको प्रश्न– कर्मचारीमाथि अनुसन्धान हुँदा मन्त्रीसँग प्रश्न गर्ने हो भने शासन व्यवस्था ठिक ढंगले चल्छ?

गृहमन्त्रीको प्रश्न– कर्मचारीमाथि अनुसन्धान हुँदा मन्त्रीसँग प्रश्न गर्ने हो भने शासन व्यवस्था ठिक ढंगले चल्छ?

नेपालखबर
जेठ १४, २०८२ बुधबार १७:३१, काठमाडौँ

भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकले कुनै कर्मचारीमाथि प्रश्न उठ्दा मन्त्रीले जवाफ दिनुपर्ने उचित नभएको तर्क गरेका छन्।

बुधबार आफूमाथि उठेका प्रश्नको पत्रकार सम्मेलनमार्फत जवाफ दिँदै उनले यस्तो हुने हो भने शासन व्यवस्था ठिक ढंगले चल्नेमा संशय व्यक्त गरे।

लेखकको प्रश्न छ, ‘राष्ट्रसेवकमाथि अनुसन्धान गर्दा सम्बन्धित मन्त्रालयको नेतृत्वसँग प्रश्न गर्ने हो भने शासन व्यवस्था ठिक ढंगले चल्छ?'

कर्मचारीमाथि प्रश्न उठ्दा मन्त्रीले नै जिम्मा लिनुपर्नेगरी विषयबस्तुलाई प्रस्तुत गरिएकोमा उनको चित्त दुखाइ छ। लेखकले भने, ‘मानौँ कुनै कर्मचारीमाथि पहिलोपटक प्रश्न उठेको छ, त्यसको जिम्मा मन्त्रीले लिनुपर्छ भन्नेगरी प्रस्तुत गरिएको छ।’

यसअघि पनि विभिन्न ३ मन्त्रीको कार्यकालमा कर्मचारीमाथि प्रश्न उठेको र सञ्चारमाध्यममा यसैगरी प्रश्न उठाइएको समेत गृहमन्त्री लेखककले जिकिर गरे।

‘मेरो कुनै आग्रहपूर्वाग्रह छैन,’ उनले भने, ‘यस पूर्व तीन जना आदरणीय मन्त्री र माननीयहरू उहाँहरूले यो मन्त्रालय नेतृत्व गर्दा ६ जनामाथि मुद्दा दायर गरेको थियो। त्यो बेलामा पनि सञ्चारमाध्यममा यसै गरी प्रश्न उठेका थिए। ६ जना माथि मुद्दा दायर भयो।’ 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad