भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकले आफूविरुद्ध षड्यन्त्र नगर्न सांसदहरुलाई आग्रह गरेका छन्।
आफूविरुद्ध उठेका प्रश्नको बुधबार पत्रकार सम्मेलनमार्फत जवाफ दिँदै उनले आफूले पनि मन्त्रालय चलाउनुपर्छ भन्ने हेक्का राख्न समेत चेतावनी दिए।
‘उहाँहरूले मलाई जोड्न खोजेको वियषयमा उहाँहरूले यसरी नै शासन चलाउन खोज्नु भएको हो? यतिकुरा मैले निवेदन गर्नुपर्छ,’ लेखकले भने, ‘यस्तो हो भने उहाँहरूले पनि यस्ता अवाञ्छित प्रश्नबाट भाग्न पाउनुहुन्न। अपुष्ट र नियोजित सामग्रीको भरमा विधि बसाल्न थाल्नु भएको हो त?’
उनले थपे, ‘यसो हो भने मुलुक कता जान्छ। मविरुद्ध यस्ता षडयन्त्र नगरौँ, किन भने सबै साथीहरूले मन्त्रालय चलाउनुपर्ला। यत्तिमात्र हेक्का राखौँ।’
आफ्नो चरित्र हत्या गर्न खोज्नेहरु भर्त्सनायोग्य भएको भन्दै गृहमन्त्री लेखकले अनुसन्धानमा भने आफूले पूर्णरुपमा सघाउने बताए। ‘चरित्र हत्या गर्ने बदनाम गर्ने, छानबिनलाई नै प्रभावित गर्न खोज्ने क्रियाकलाप भर्त्सनायोग्य हुन्छन् मैले भन्नुपर्छ,’ लेखकले भने, ‘अपराधीकरणलाई जिन्दगीभर तिरस्कार गर्ने म जस्तो व्यक्तिलाई दुरुत्साहन गरेर राजनीतिक पूर्वाग्रह गरियो।’
संसद्मा बोल्न दिएको भए आफूले यसबारे विषय राख्थेँ भन्दै उनले भने, ‘म मात्रै सत्तामा बसिरहने होइन। सम्मानित सदनमा विषय अभिव्यक्त गर्न पाएको भए निवेदन गर्थेँ, ममात्रै हैन साथीहरू बस्नु भएको छ। यो निरन्तर चलिरहन्छ।’
Shares

प्रतिक्रिया