राजनीति


प्रतिपक्षले गृहमन्त्रीको राजीनामा मागेको हो, जवाफ होइन : शाही

प्रतिपक्षले गृहमन्त्रीको राजीनामा मागेको हो, जवाफ होइन : शाही

फाइल तस्बिर


नेपालखबर
जेठ १४, २०८२ बुधबार १३:४१, काठमाडौँ

राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले भिजिट भिसा प्रकरणमा प्रतिपक्षले जवाफ नभइ राजीनामा मागेको बताएका छन्।

बुधबार संसद् भवन परिसरमा पत्रकारहरुसँग कुरा गर्दै उनले भने, ‘गृहमन्त्रीको प्रतिपक्षले राजीनामा मागेको छ, जवाफ होइन।’

प्रतिपक्षले संसदीय छानबिन समितिको माग गर्दा पनि सरकार त्यसका लागि तयार नभएको भन्दै शाहीले आक्रोस समेत पोखे।

उनले भने,  ‘हामी प्रमुख प्रतिपक्षी लगायत प्रतिपक्षीले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा माग्ने र संसदीय छानबिन समिति नबनाउँदासम्म, त्यसको वाचा नगर्दासम्म संसदलाई अगाडि बढ्न नदिने हिजोकै विषयवस्तु हो,’

शाहीले थपे, ‘संसद्‍मा एउटा छानबिन समिति बनाउ भन्दा पनि अटेरी गर्न मिल्छ? यो कस्तो अवस्था आइपुग्यो?’


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad