राजनीति


राजावादीप्रति ओलीको टिप्पणी: हजुरबुबा नभए पक्कै नाति भन्दै हिँडेका छन्

राजावादीप्रति ओलीको टिप्पणी: हजुरबुबा नभए पक्कै नाति भन्दै हिँडेका छन्

नेपालखबर
जेठ १२, २०८२ सोमबार १९:१०, काठमाडौँ

प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराजा ज्ञानेन्द्र शाहले तमासा देखाएको टिप्पणी गरेका छन्।

सिंहदरबारमा आयोजित राष्ट्रिय पर्यटन संवादलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो टिप्पणी गरेका हुन्। 

राजतन्त्र फर्काउने भनेर नचाहिने कुरा गर्दै हिँडिरहनु उचित नहुने उनको भनाइ छ। उनले ज्योतिषीहरू पात्रो पल्टाएर हजुरबुबा नभए नाति त पक्कै राजा हुन्छ भन्दै हिँड्ने गरेको बताए। राजतन्त्र समर्थकहरू राजा ल्याउने भन्दै सडकमा आएर तमासा देखाइरहेको उनको भनाइ छ। 

'अर्कोथरी फेरि चाहिने नचाहिने कुरा गरेर कोही ज्योतिषी अब यसो पल्टाएर हुन्छ, हुन्छ भन्यो। अर्को निस्किन्छ, अर्को पात्रो पल्टाउँछ, हजुरबाउ भएन भने नाति त पक्कै भन्छ फेरि। त्यसो भए हिँड भाइ हो सडकमा भन्छ अर्काले। यो खालको तमासा पनि त्यसै दिन आइहाल्यो,' उनले भने।  

जेठ १५ गते राजावादीहरूले राजतन्त्र पुनर्स्थापनाका लागि आन्दोलन गर्दै छन्। जसलाई लिएर प्रधानमन्त्री ओलीले यस्तो टिप्पणी गरेका हुन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad