राजनीति


पाँचथर पुगेका शेखर कोइरालाले भने: कार्यकर्ताले नेताको झोला मात्र बोक्ने हैन, स्वाभिमानी बन्नुस्

पाँचथर पुगेका शेखर कोइरालाले भने: कार्यकर्ताले नेताको झोला मात्र बोक्ने हैन, स्वाभिमानी बन्नुस्

नेपालखबर
जेठ १२, २०८२ सोमबार १८:४९, काठमाडौँ

नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले पार्टीका कार्यकर्ताले नेताको झोला मात्र बोकेर नहुने बताएका छन्। पाँचथरको फालेलुङमा पार्टीले गरेको कार्यक्रमलाई सम्बोधन गर्दै कोइरालाले कांग्रेस कार्यकर्ताहरू स्वाभिमानी बन्नुपर्ने बताएका हुन्।  

'नेपाली कांग्रेसका कार्यकर्ताहरूले नेताको झोला बोक्ने र उनीहरूको पछि कुदेर मात्र हुँदैन,' उनले भने, 'उनले भने 'कार्यकर्ताहरू स्वाभिमानी बन्नुपर्छ । आफूलाई आफैँले सक्षम नेतृत्वको रुपमा स्थापित गर्नुपर्छ । नेता खुसी पार्न हैन जनतालाई खुसी बनाउने काम कार्यकर्ताले गर्नुपर्छ।'

उनले प्रधानमन्त्री केपी ओलीले जथाभावी बोल्दै हिँडेको आरोप लगाए। ‘ओलीजीले जथाभावी बोलिरहनुभएको छ,' प्रधानमन्त्री ओलीको अभिव्यक्तिप्रति इङ्गित गर्दै कोइरालाले भने,'प्रधानमन्त्रीले एमालेका कार्यकर्तालाई काठमाडौँ कब्जा गर्न निर्देशन दिन मिल्दैन।'

शनिबार पार्टीको कार्यक्रममा ओलीले जेठ १५ गते गणतन्त्र दिवसको दिन काठमाडौँ एमालेको कब्जामा हुनुपर्ने भनेका थिए। 
 

सोही दिन राजावादीहरूले पनि काठमाडौँ केन्द्रित आन्दोलनको घोषणा गरेका छन्। प्रधानमन्त्रीले नै देशमा मुठभेडको वातावरण बनाइरहेको कोइरालाको भनाइ थियो।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad