राजनीति


माओवादीमा भित्रिए गंगानारायण, दिइयो सचिवको जिम्मेवारी

माओवादीमा भित्रिए गंगानारायण, दिइयो सचिवको जिम्मेवारी

नेपालखबर
जेठ १२, २०८२ सोमबार १३:२०, काठमाडौँ

नेकपा माओवादी केन्द्रसँग पार्टी समायोजन गरेका नेपाल समाजवादी पार्टीका संयोजक गंगानारायण श्रेष्ठले सचिवको जिम्मेवारी पाउने भएका छन्। 

सोमबार काठमाडौँमा आयोजित एक कार्यक्रममा माओवादीको तर्फबाट अध्यक्ष पुष्पककमल दाहाल ‘प्रचण्ड’ र समाजवादीको तर्फबाट संयोजक श्रेष्ठले सम्झौतामा हस्ताक्षर गरे।

पार्टी समायोजनसम्बन्धी ५ बुँदे सम्झौता पत्रमा उनलाई माओवादीको केन्द्रीय सचिवको जिम्मेवारी दिने र अरुलाई सम्मानजनक जिम्मेवारी दिइने उल्लेख गरिएको छ। 

‘पार्टी समायोजनको नेतृत्व गर्नुभएका क. गंगानारायण श्रेष्ठलाई नेकपा (माओवाद केन्द्र) को केन्द्रीय सचिव र समायोजन हुने बाँकी सबै कमरेडहरुलाई सम्मानजनक रुपमा संगठनात्मक जिम्मेवारी सहितको कार्यविभाजन गरिनेछ,’ सहमतिमा भनिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad