राजनीति


फुट्यो नेसपा, आज माओवादीसँग एकता

फुट्यो नेसपा, आज माओवादीसँग एकता

गंगानारायण श्रेष्ठ


नेपालखबर
जेठ १२, २०८२ सोमबार ७:२३, काठमाडौँ

महीन्द्र राय यादव नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा) फुटेको छ।

अध्यक्ष यादवले नेकपा माओवादी केन्द्रसँग एकता गर्न ढिला गरेको भन्दै बहुमत सदस्य लिएर सहअध्यक्ष गंगानारायण श्रेष्ठले आफ्नै नेतृत्वमा नेसपा पुनर्गठन गरेका हुन्।

२९ जना केन्द्रीय कार्यकारिणी सदस्यमध्ये १७ जना आफ्ना पक्षमा आएको दाबी श्रेष्ठले गरेका छन्। 

यस्तै १६० जना केन्द्रीय समिति सदस्यमध्ये ९९ जना आफूसँग रहेको दाबी उनको छ। 

यही आधारमा उनले आइतबार आफू नेसपा संयोजकमा चुनिएको घोषणा गरे।

अब आज सोमबार माओवादी केन्द्रसँग एकता घोषणा गरिने जानकारी पनि उनले दिएका छन्। 

आइतबार ललितपुरस्थित एकान्तकुनामा नेसपा केन्द्रीय समितिको विस्तारित बैठक राखेर श्रेष्ठले माओवादीसँग एकताको मिति तोकेका हुन्।

आज बिहान साढे ११ बजे ग्वार्कोस्थित एक पार्टी प्यालेसमा पार्टी एकता कार्यक्रम आयोजना गरिने जानकारी उनले नेपालखबरलाई दिएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad