राजनीति


सर्वोच्चले पनि रवि छाड्न नमानेपछि आज एकै दिन सचिवालय र केन्द्रीय समितिका बैठक राख्दै रास्वपा

सर्वोच्चले पनि रवि छाड्न नमानेपछि आज एकै दिन सचिवालय र केन्द्रीय समितिका बैठक राख्दै रास्वपा

फाइल तस्बिर


नेपालखबर
जेठ १०, २०८२ शनिबार ८:४९, काठमाडौँ

रुपन्देहीको सुप्रिम सहकारी ठगी मुद्दामा कारागारमा रहेका आफ्ना सभापति रवि लामिछानेलाई सर्वोच्च अदालतले पनि छाड्न नमिल्ने आदेश दिएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज एकै दिन सचिवालय र केन्द्रीय समितिका बैठक राख्ने भएको छ। 

रविले दिएको बन्दी प्रत्यक्षीकरण निवेदनमा सुनुवाइ गर्दै सर्वोच्चले शुक्रबार राति थुनामै राख्नुपर्ने उच्च अदालतकै आदेश सदर गरेलगत्तै आकस्मिक रूपमा बसेको रास्वपाको भर्चुअल सचिवालय बैठकले आज पुन: भर्चुअल रूपमै सचिवालय र केन्द्रीय समितिका बैठक राख्ने निर्णय गरेको हो। 

रास्वपाका अनुसार आज दिउँसो ३ बजे पार्टी सचिवालयको भर्चुअल बैठक र आजै अपराह्न ४ बजे केन्द्रीय समितिको भर्चुअल बैठक राखिने भएका हुन्। 

यसपछि जेठ ११ गते आइतबार दिउँसो २ बजे भने पार्टी कार्यालयमा केन्द्रीय समितिको बैठक बस्ने निर्णय गरिएको जानकारी रास्वपा सचिवालयले दिएको छ। 

सर्वोच्च अदालतले पूर्वगृहमन्त्री रवि लामिछानेलाई थुनामुक्त गर्न अस्वीकार गरेको हो। उनका व्यावसायिक साझेदार छविलाल बन्जाडेलाई पनि थुनामै राख्ने गरी मातहत अदालतको आदेश सर्वोच्चले सदर गरेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad